एक भगवत् गीताको मायालाई चिनो

एक भगवत् गीताको मायालाई चिनो

कुशल अभिनेत्री तथा सफल निर्देशक झरना थापाद्वारा निर्देशित फिल्म एक भगवत् गीताको गीत बिहीबार सार्वजनिक गरिएको छ।

आगामी भाद्र २९ गते अल नेपाल रिलिज हुने फिल्मको मायालाई चिनो बोलको गीतमा फिल्मका मुख्य दुई पात्र धिरज मगर र सुहाना थापाको लभ केमेस्टझी प्रस्तुत गरिएको छ। गीतमा गुरुङ र मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथा देखाइएको छ। गीतको अडियो र भिडियो पक्ष उत्कृष्ट बनेको छ भने कविराज गहतराजले कोरियोग्राफी कलाबाट गीतलाई दर्शनीय बनाउन कुनै कसर छोडेका छैनन्। संकल्प भुजेलको डीओपीमा तयार पारिएको गीतको भिडियो कास्की जिल्लाका रमणीय स्थानमा खिचिएको छ। शंकर अधिकारी घायलको शब्द रचना रहेको गीतमा बाबुल गिरीको एरेञ्जमेन्ट, संगीत र स्वर रहेको छ।

अन्तरजातीय प्रेमकथामा आधारित एक भगवत् गीतामा धिरज र सुहानाका अलावा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतले पनि अभिनय गरेका छन्। सुहाना इन्टरटेनमेन्ट र सुनील कुमार थापा प्रोडक्सनको ब्यानरमा सुनील कुमार थापाद्वारा निर्मित फिल्ममा कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको छ भने झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद र पुरुषोत्तमको संवाद, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर हेको छ।

अभिनेत्री झरनाद्वारा निर्देशित ए मेरो हजुरका तीनवटै सिरिज सफल छन्। एक भगवत् कथा झरनाको निर्देशनमा बनेको चौथो फिल्म हो। फिल्म काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्रीकृष्ण फिल्मसले वितरण गर्दैछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *