एक भगवत् गीताको यो खबर छ

एक भगवत् गीताको यो खबर छ

आगामी साता रिलिज गर्ने तयारीमा रहेको फिल्म एक भगवत् गीताको के तिमीलाई यो कुराको खबर छ बोलको गीत सार्वजनिक गरिएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर मैथिली र नेपाली भाषाको समिश्रणमा तयार पारिएको गीत सार्वजनिक गरिएको हो।

जनकपुरको सेटिङमा खिचिएको गीतमा सबिन एकतारेको शब्द रचना, हर्कुलस बस्नेतको संगीत तथा संगीतकार बस्नेत, रजज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर रहेको छ। फिल्मकी मुख्य अभिनेत्री सुहाना थापा तथा बालकलाकार जेभिस र जेभिन श्रेष्ठलाई फिचर्ड गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ।

अभिनेत्री तथा निर्मात्री झरना थापाद्वारा निर्देशित अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबिर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कु“वर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतका कलाकारले अभिनय गरेका छन्। सुहाना इन्टरटेनमेन्ट र सुनीलकुमार थापा प्रोडक्सनको व्यानरमा सुनिलकुमार थापाद्वारा निर्मित फिल्ममा कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको छ भने झरनास“गै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा, परिक्षेद र पुरुषोत्तमको संवाद, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, राजेश श्रेष्ठको छायांकन, र मित्र डि गुरुङको सम्पादन रहेको छ।

बोर्डले दिएन सेन्सर सिफारिश

चलचित्र विकास बोर्डले आगामी साता रिलिजको तयारीमा रहेको फिल्म एक भगवत् गीतालाई सेन्सर सिफारिस दिन अस्वीकार गरेको छ।

केही धार्मिक संघ–संस्थाले फिल्मको शीर्षक र विषयवस्तुलाई लिएर विरोध जनाएको कारण देउखाउ“दै बोर्डले सो फिल्मलाई सेन्सर सिफारिस दिन अस्वीकार गरेको हो।

बिहीबार बोर्डको समन्वयमा फिल्मका निर्माता सुनीलकुमार थापा तथा विश्व हिन्दू महासंघ, शिव सेना नेपाल, विश्व हिन्दू युवा संघ, जगतगुरु आश्रम लगायतका एक दर्जनभन्दा बढी विभिन्न धार्मिक संघ संस्था आबद्ध हिन्दू जागरण नेपालका प्रतिनिधिबीच भएको छलफल निष्कर्षमा नपुगेपछि बोर्डले सेन्सर सिफारिसमा रोक लगाएको हो। यी धार्मिक संघ–संस्थाले फिल्मको शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पु¥याएको भन्दै यसको रिलिज रोक्न बोर्डमा निवेदन दिएका छन्।

फिल्मका निर्माता सुनीलकुमार थापाले भने फिल्ममा धर्ममाथि आ“च आउने कुनै विषयवस्तु नभएको बताएका छन्। बोर्डले बिहीबारको छलफल सहमतिमा पुग्न नसकेपछि आज शुक्रबारका लागि कार्यसमिति बैठक राखेको जनाएका छ। सेन्सर बोर्डका का अध्यक्ष नेत्रप्रसाद सुवेदीका अनुसार फिल्मबारे विवाद देखिएकाले दुवै पक्षलाई मिलाएर मात्रै सेन्सर सिफारिसका लागि पठाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डलाई पत्राचार गरेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *