एक भगवत् गीता अब एक भागवत र एक गीता

एक भगवत् गीता अब एक भागवत र एक गीता

अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाद्वारा निर्देशित फिल्म एक भगवत् गीता अब एक भागवत र एक गीता (सामाजिक कथा) का नाममा प्रदर्शनमा आउने भएको छ।

शुरुमा भागवत् गीता नामाकरण गरिएको फिल्म विवाद सिर्जनापछि एक भगवत् गीता राखिएको थियो। सो नामप्रति हिन्दू धर्मस“ग सम्बन्धित विभिन्न धार्मिक संगठनहरूले असन्तुष्टि जनाई विरोध गरेपछि रिलिजको संघारमा आएर निर्माण समूह एक भागवत् गीतालाई एक भागवत् र एक गीताको नाम दिन बाध्य भएको छ।

फिल्मको नामप्रति आपत्ति जनाउने धार्मिक संघ संस्था र फिल्म निर्माण टोलीबीच आइतबार भएको छलफल र सहमतिपछि फिल्मको नाम परिवर्तन गरिएको हो। धार्मिक संघ संस्थाले फिल्मको नामले हिन्दू धर्मप्रति प्रहार गरेको भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएपछि बोर्डले आप्mनो अधिकार क्षेत्र नै मिचेर यो फिल्मलाई सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थियो। राज्यको कानुन र ऐन नियमअनुसार फिल्मका निर्माण प्रक्रिया पूरा गरेपछि सेन्सर सिफारिस पत्र दिनुपर्ने बोर्डले अधिकार क्षेत्रबाहिर गएर सो फिल्मलाई उक्त पत्र दिन अस्वीकार गरेको थियो। नियमानुसार राज्यको कानुन र ऐन प्रतिकुलविपरित फिल्म बनेको छ वा छैन भन्नेबारे हेर्ने अधिकारी सेन्सर बोर्डमा निहीत छ। तर, बोर्डले त्यसको विपरीत उक्त फिल्मलाई सेन्सरमा जाने बाटो नै बन्द गरिएदिएको थियो।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपिन कार्कीले तेस्रो लिङ्गीको भूमिका निर्वाह गरेका छन्। फिल्ममा विपिनको साथ धिरज मगर, सुहाना थापा, कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कु“वर, राम कैलाश ठाकुर, धिरज ठाकुर गायतले अभिनय गरेका छन्। सुहाना इन्टरटेनमेन्ट र सुनील कुमार थापा प्रोडक्सनको ब्यानरमा सुनीलकुमार थापाद्वारा निर्मित फिल्ममा कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशन झरना थापाको छ भने झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा, परिक्षेद र पुरुषोत्तमको संवाद, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत, शंकर अधिकारी ‘घायल’ को शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, राजेश श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ। फिल्म आगामी शुक्रबार अल नेपाल रिलिज हुँदैछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *