एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभा बैठक सुचारु

एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभा बैठक सुचारु

काठमाडाैं । करिव एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधवारबाट सुचारु भएको छ ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधि सभा बैठक सुचारु भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग नबनेसम्म संसद बैठक चल्न नदिने अडान लिएपछि संघीय संसदको दुवै सदनको बैठक गत साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको थियो ।

तर, बुधवार दलहरुबीच दुई बुँदे सहमति भएसँगै बैठक सुचारु भएको हो । अहिले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकम दाहालको पहलमा संसदको अवरोध हटेको उनले दाबी गरे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *