निर्वाचन समितिका संयोजक तथा नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गरेका हुन् ।
आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा हेमन्त अधिकारी, उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी, सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुनप्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित भएका थिए ।
पदस्थापन कार्यक्रममा निवर्तमान सचिव मनकाजी गुरुङले वर्तमान सचिव प्रेमराज अधिकारीलाई माइन्युट र निवर्तमान कोषाध्यक्ष रत्नाकुमारी गुरुङले वर्तमान कोषाध्यक्ष राजु कायस्थलाई चेक हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले सबैलाई समेटेर संस्थालाई मजबुद बनाएर लैजाने प्रतिवद्धता जनाए ।
‘निजी विद्यालयलाई तहसनहस बनाउन सरकारले एक पछि अर्को गर्दै नीति तथा विधेयक ल्याउने काम गरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा संगठनमा आवद्ध सबै एक जुट भएर हिड्नुको विकल्प छैन ।’
एन प्याब्सनका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराईले निर्वाचित नयाँ कार्यसमितिले संस्था गरिमा बढाउनतर्फ लाग्नु पर्ने बताए ।
एन प्याब्सनका गण्डकी प्रदेश अध्यक्ष रामबहादुर मोचीले अहिलेको संगीन घडिमा नयाँ कार्यसमिति आएको बताउँदै आउने जस्ता सुकै समस्यालाई पार गर्न यो समिति लागी पर्नु पर्ने उल्लेख गरे । अध्यक्षका प्रत्यासी केशवशरण पौडेलले संस्थाले दिएको हरेक जिम्मेवारी पूरा गर्न आफू सधै प्रतिबद्ध रहेको बताए ।
निर्वाचन समितिका संयोजक एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य तथा एन प्याबसनका केन्द्रीय सदस्य रामबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।