काठमाडौँ । मोबाइलको आयातलाई व्यवस्थित बनाउनका लागि सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेको छ । यसको सीधा असर सरकारी राजस्व वृद्धिमा पर्ने दाबी गरिएको छ ।
एमडिएमएस प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने र अब अवैध तरिकाले भित्राइएका मोबाइल नचल्ने भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि विदेशमा गएका नेपाली मुलुकभित्र फर्कदा थप एउटा मोबाइल ल्याउँदा भन्सार शुल्क छुटको व्यवस्था समेत गरेको छ । सरकारले गत आर्थिक वर्षको बजेटमार्फत् २०७८ साउनदेखि नै यो प्रणाली लागू गर्ने घोषणा गरे पनि तयारी नपुगेको भन्दै २०७९ पुस १५ गतेको भाका सारिएको थियो । नयाँ सरकार बनेसँगै उक्त प्रणाली त्तकाल लागू नगर्ने निर्देशन भएसँगै रोकिएको थियो ।
सरकारले वैदेशिक रोजगारीमा गएर र्फकने नेपालीहरुको हकमा लागू हुने गरी विदेशमा बस्दा चलाउँदै आएको भन्द थप एउटाद मोवाइल भन्सार तिर्न पर्ने व्यवस्था गरेको छ । भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले कानूनी छिद्र प्रयोग गरेर अवैध रुपमा मोबाइल ओसारपसार बढेकाले यसलाई नियन्त्रण गर्नको लागि प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरिएको बताइ । उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नहुँदा सरकारलाई राजश्व संकलनको हिसाबले राज्यलाई गम्भिर क्षति भइरहेको बताए ।
वैदेशिक रोजगारीमा गएका सोझा सिधा मानिसहरुलाई प्रयोग गरेर केही व्यवसायी तथा तस्करहरु मोवाइल ओसारपसारमा लागेको उनको भनाइ छ । अहिले पनि अवैधानिक रुपमा बजारमा भित्रिएका मोबाइल सख्याको करिब ४० लाखको हाराहारीमा रहेको बताउँदै सूचना अधिकारी खड्काले एउटा मोवाइलको १५० लाखको मूल्याङ्कन गर्दा सरकारलाई १८ प्रतिशतसम्म राजश्व कम भइरहेको बताए ।
एमडीएमएस लागू हुँदा १० अर्ब राजश्व संकलन बढ्ने आकलन गरिएको उनको दाबी छ । विद्यार्थी तथा पर्यटन र अन्य पक्षहरुलाई छाड्दा वार्षिक आवतजावतमा पनि दुरुपयोग भइरहेको उनले बताए । साथै भन्सार कार्यालयले दैनिक रुपमा नियन्त्रणमा लिएको मोवाइलको संख्या र त्यसबाट आएको करोडौंको राजश्वका विषयमा विश्लेषण गर्दा अबौं रकम जम्मा हुन अपेक्षा लिएको खड्काको भनाइ छ ।
उनले विदेशमा बस्दा प्रयोग भएका बस्तुहरु ल्याउँदा एक थान मोवाइल ल्याउन पाउने प्रावधान गरिएको भन्दै पछिल्लो चरणमा वैदेशिक रोजगारका र देशलाई रेमिट्यान्समा योगदान गरेकाहरुले नेपालमा आउँदा परिवारलाई थप एउटा मोबाइल ल्याउँदा पनि राजश्व लिएको गुनासो आएकाले त्यो गुनासो सम्बोधनको लागि प्रणाली लागू भएको बताए ।
उहाँले विदेशमा ६ महिना भन्दा बढी बसेर आउने र थप एउटा मोवाइल ल्याउँदा मोवाइल ल्यानेहरुले भन्सारलाई जानकारी दिने अनि त्यही अनुसार दुरसञ्चारलाई पठाउँने उनको भनाइ छ । साथै विद्यार्थी भिसामा गएर अध्ययन पूरा गरेर फर्कने विद्यार्थीहरुको हकमा विद्यार्थीहरुले अध्ययन पूरा गरेर नेपाल र्फकदा एक थान मोबाइलको हकमा भन्सार प्रक्रिया पूरा गर्नु नपर्ने तर उनीहरुले थप एकभन्दा बढी मोबाइल लिएर आउँदा भने भन्सार तिर्नुपर्ने व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।



