एमसीसी कार्यान्वयनमा अमेरिकी चासो, लुको नेपाल भ्रमण अर्थपूर्ण

एमसीसी कार्यान्वयनमा अमेरिकी चासो, लुको नेपाल भ्रमण अर्थपूर्ण

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार काठमाडौं आइपुगेका छन् । लु नेपाल भ्रमणमा पटक पटक आउने उच्च अधिकारी हुन् ।

उनी एक वर्षअघि साउन १२ गते नेपालको तीन दिने भ्रमणमा आएका थिए । त्यसको सात महिनाअघि नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) को विवाद उत्कर्षमा पुगेका बेला २०७९ मंसिरमा पनि नेपाल आएका थिए ।

त्यतिबेला एमसीसी परियोजना संसदबाट अनुमोदन गराउन लु ले यहाँका राजनीतिक दलहरुसँग विशेष कुटनीतिक भेटवार्ता गरेका थिए । लु अहिले के उद्देश्यका साथ नेपाल आएका हुन् त ?

परराष्ट्रमन्त्री एनपी साउदले असार २५ गते सोमवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनबारे अवगत गराए ।

संसदीय समितिको बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्षदेखि अर्थात जुलाईबाट कार्यान्वयनमा आउने जानकारी दिएका थिए ।

त्यो सँगसँगै परराष्ट्रमन्त्री साउदले चिनिया बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनको बारेमा छलफल भइसकेको जानकारी दिएका थिए ।

मन्त्री साउदले सन् २०१७ मै बीआरआईको एमओयू भएको स्पष्ट गरेका थिए । पराष्ट्रमन्त्री साउदले अमेरिकी परियोजना एमसीसी र चिनियाँ परियोजना बीआरआईबारे संसदीय समितिलाई जानकारी गराएको चार दिनपछि अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लु शुक्रबार काठमाडौं ओर्लिए ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न नहुने भन्दै त्यतिबेला सत्तारुढ दलकै कार्यकर्ताहरुले पनि सडक आन्दोलन चर्काएका थिए ।

अमेरिकाको सैन्य रणनीति अन्तर्गतको योजना भन्दै संसदबाट पास नगर्न पार्टी कार्यकर्ताहरुले सडकबाट दबाब सिर्जना गरेका थिए ।

महिनौंसम्म आम नागरिकले स्वस्फूर्त आन्दोलन चर्काए पनि केही साना दलबाहेक संसदमा भएका दलहरु एमसीसीको पक्षमा उभिए ।

सडकबाट उठेको विरोधका श्वरहरुलाई मत्थर पार्न दलहरुले १२ बुँदे ब्याख्यात्मक घोषणा भन्दै संसदबाट एमसीसी अनुमोदन गरेका थिए । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको दल माओवादी केन्द्रले समेत एमसीसी संसदबाट पारित गराउन साथ दिएको थियो ।

जतिबेला अमेरिकी बरिष्ठ अधिकारी लु ले संसदबाट एमसीसी अनुमोदन गराउन दबाब दिएका थिए ।

मंसिरमा नेपाल आएका लुले संसदबाट अनुमोदन गराउने सम्बन्धमा कुटनीतिक भेटवार्ता गरेका थिए । त्यसपछि गत साउनमा अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि सा¥यो ।

इण्डो प्यासेफिक रणनीति अन्तर्गतको एसीपीपीको पनि विरोध भयो । एसपीपीलाई नेपालले अघि नबढाउने निर्णय गरेको एक महीनापछि १२ साउनमा लु काठमाडौं ओर्लिएका थिए ।

अमेरिकाको सहायक विदेशमन्त्री हुनुअघि उनी किर्गिस्तान र अल्बानियाको राजदूत भएका थिए ।

दक्षिण एसिया क्षेत्रबारे राम्रो ज्ञान भएका लु ले काठमाडौं बसाईका क्रममा एमसीसी परियोजनाको प्रगतिबारेमा सम्बन्धित निकायसँग जानकारी लिने छन् ।

२०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त भएका लु अमेरिकाको रणनीतिक योजनाका साथ नेपाल आउने गरेका छन् । लु को यसपटकको नेपाल भ्रमणलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *