एमालेद्वारा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

एमालेद्वारा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।

उनले आफूहरुको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राखे । नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने पटकपटक दोहो¥याए ।

उनले भने, ‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८ औं जन्म दिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर अहिले देशव्यापी रुपमा एउटा कौतुहलता जागेको छ । यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ । कसेको इसारामा हुन्छ ? सम्माननीय प्रधानमन्त्रीजीले त्यहाँ अभिव्यक्त गर्नु भएको छ । प्रितम सिंह राजनीतिमा पनि चासो राख्नु हुन्थ्यो । र, मलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा उहाँ पटकपटक दिल्ली जानु भयो । र, दिल्लीमा गएर उहाँले राजनीतिक वातावरण बनाउनु भयो भन्ने आशय र यहाँ नेपालमा पनि विभिन्न नेताहरुसँग छलफल गर्ने क्रममा उहाँले भूमिका खेल्नु भयो । उहाँ स्वयम्ले यो अभिव्यक्त दिँदा लज्जित भएका छौं । भारतको इसारामा प्रधानमन्त्री बन्छ भन्ने त्यो प्रधानमन्त्री हामीलाई ग्राह्य छैन । त्यो प्रधानमन्त्री हामीलाई स्विकार्य छैन । त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ । उहाँले राजीनामा दिनु पर्छ ।

नेता दाहालले प्रधानमन्त्री दाहाल स्वयम्ले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए । एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभा बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *