एमालेप्रति कानुनमन्त्रीको कटाक्ष– ‘भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन’

एमालेप्रति कानुनमन्त्रीको कटाक्ष– ‘भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन’

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति कटाक्ष समेत गरे । एमालेलाई कटाक्ष गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए ।

उनले एमाले सत्तामा जानका लागि भोकाइरहेको भन्दै उनले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरू खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताए । उनले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने समेत बताए ।

‘हाम्रो पार्टीका श्रद्धेय सभापतिज्युकै पहलमा बनेको मौजुदा सरकारले भ्रष्टाचारका ठूला काण्डहरुको निष्पक्ष छानबिन गरी मुलुकलाई शुसासन दिने काममा लागेको छ,’ उनले भने,  ‘हामी नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्ने काममा लाग्नेछ, यो नै गठबन्धन सरकारको ध्येय हो । एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गरी हामी सुशासन दिनेछौँ । तब मत्रै विकास निर्माण हुनेछ । विकास निर्माणको कुरा गर्ने तर त्यो बीचमा भ्रष्टाचारले भ्वाङ पारिहाल्ने जुन प्रवृत्ति छ यसलाई रोक्न अहिलेको सरकार लागेको छ ।’

उनले विकासको लक्ष्य धेरै टाढा रहेको पनि बताए । भने, ‘हाम्रो काम सुशासन ल्याउनु हो । अहिले हामीले पदको माया र जनता भन्दा नेपाली जनताको माया र ममतामा ध्यान दिएका छौँ । अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ, यो बजारमा हल्ला चलेको सुन्छु । श्रद्धेय पार्टी सभापतिको भरोसा यही गठबन्धनलाई अघि बढाउने कुरा छँदैछ । ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । हामी ठिक मिसनमा छौँ । ठिक ढंगमा छौँ ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *