एमालेमा बामदेवको भित्री बार्गेनिङ, तनावमा माधव

एमालेमा बामदेवको भित्री बार्गेनिङ, तनावमा माधव

  • सितल रिजाल

काठमाडौं । केपी ओली प्रवृति हावि भएको र ७० बर्षे उमेरहद रहेका कारण एमाले परित्याग गरेका बामदेव गौतम अहिले पुरानै घरमा फर्किने तयारीमा छन् ।

बामदेवलाई एमालेमा फर्काउन अध्यक्ष केपी ओलीले अनेक कसरत गरिरहेका छन् । यसले बामदेवलाई राजनीतिक राहत मिलेपनि एमालेबाटै अलग भएका नेपका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई ओलीले आफुसँग समेट्न प्रभावकारी प्रयास गरेका छैनन ।

एमालेले समेत कम्यूनिष्ट धू्रविकरणको आवश्यकता औल्याइ रहेको यस अवस्थामा माधवलाई गरिएको वेवास्ताले भने जटिलताको प्रश्न उब्जाएको छ ।

नेकपा एमालेमा व्यक्तिवादी हावि भएको भन्दै दुई, तीन वर्ष पहिले पार्टी छाड्नेहरुको लर्कोनै थियो । एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीको विरोध गर्दै लामो समय पार्टीमा योगदान गरेका माधव नेपाल, झलनाथ खनाल लगाएतका प्रभावशाली नेताहरुले नयाँ पार्टी जन्माएका थिए ।

ओलीकै कार्यशैली र एमालेको विधानमा उल्लेख गरिएको ७० बर्षे उमेरहदको कारण देखाउँदै एमालेकै भागबाट गृहमन्त्रीसम्म बनेका नेता बामदेव गौतम पनि एमालेबाट टाढिएर नेकपा एकता राष्ट्रिय अभियान निर्माण गर्न पुगेका थिए । पार्टी परित्याग गर्नेको संख्या बढ्दा एमालेले गएको आम निर्वाचनमा विगत भन्दा घाटा व्यहो¥यो ।

पार्टी विभाजन भएको दुई वर्ष पछि कतिपय नेताहरु पुरानै घरमा फर्किएका छन् भने अधिकांश नेताहरु फर्किने तयारी गरिरहेका छन् ।

केहि दिन अगाडी मात्रै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी छाडेर केन्द्रिय नेता मुकुन्द न्यौपाने सहित चुडामणि जंगली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी लगायत नेताहरु एमालेमा प्रवेश गरेका थिए ।

यसरी धमाधम पार्टीमा नेताहरुले साथ छाड्न थालेपछि आफ्नो ५० बर्ष लामो राजनीतिक जीवन दाउमा राखेका अध्यक्ष नेपाल एक्लिँदै गएका छन् ।

पार्टी छाडेर जानेहरु गइहाले, पार्टी भित्रै भएका नेताहरु पनि एमालेमा फर्किने दाउ हेरेर बसेका छन् । जसका कारण अध्यक्ष नेपाल राजनीतिक रुपमा पाखा लाग्दै गएका छन् ।

यता, ७० बर्षे उमेरहदकै कारण एमालेबाट आफैँ पाखा लागेका बामदेव गौतम पनि एमालेमा फर्किनका लागि खुट्टा उचालेर बसेका छन् । गत मंगलबार एमालेले पार्टीको विधानमा रहेको ७० बर्षे उमेरहद हटाएपछि गौतमको सक्रियता बढ्दै गएको छ ।

यता, एमाले नेताहरु भने बामदेव जस्तै उमेरहदकै कारण पार्टीबाट विचलित भएका नेताहरुलाई फर्काउनका लागि ७० बर्षे प्रावधान हटाएको बताउँदै आएका छन् ।

अवस्था जे भएपनि देशको एउटा प्रमुख राजनीतिक दल एकीकृत हुनुलाई धेरैले सकारात्मक रुपमै लिएका छन् । तर, अहिले एमाले भित्रै रहेकाहरुबीच समेत रडको छ ।

युवा नेताका रुपमा चिनिनेहरु र पार्टीभित्र सशक्त भूमिकामा रहेकाहरुलाई गुमनाम जस्तै बनाइएको छ । यस्तै माओवादी पृष्ठ भूमिका नेताहरुलाई पनि पाखा लगाउने गरि विभिन्न निर्णयहरु भइरहेकै छन् ।

यस्तो अवस्थामा केपी ओलीले पार्टी परित्याग गरेकालागि फर्काउने नीति र पार्टी भित्रैकालाई मिलाउन नसकेको अवस्थाविच परिणाम विरोधाभाष देखिन्छ ।

यसले स्वार्थ पुर्तिकै लागि पार्टी एकता र विभाजन गर्ने परिपाटीलाई प्रष्ट बुझाएको पनि छ । यद्दपी, एमालेको पार्टी फर्काउ नीतिले कत्तिको प्रभावकारी परिणाम दिन्छ त्यो हेर्न बाँकी छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *