एमालेले राजीनामा माग गर्दै संसद अवरोध गरेपछि प्रधानमन्त्रीले बाेलाएकाे गठबन्धनकाे बैठक जारी

एमालेले राजीनामा माग गर्दै संसद अवरोध गरेपछि प्रधानमन्त्रीले बाेलाएकाे गठबन्धनकाे बैठक जारी

काठमाडौं । प्रमखु प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् ।

गत सोमबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्ति देश विरोधी भएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार संघीय संसद्को दुवै सदनको बैठक अवरोध गरेको थियो ।

एमालेले राजीनामा माग गरेपछि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा आबद्ध दलसँग छलफल थालेका हुन् ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र कोशी प्रदेशको मुख्यमन्त्री चयन लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै बैठकमा बैठकमा प्रमुख प्रतिपक्षले बुधबारबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

यस्तै आजै अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक पनि बस्दैछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *