
काठमाडौं । कोशी प्रदेश सभा बैठक सुरु भएलगत्तै प्रतिपक्षी दल एमाले र राप्रपाका सांसदहरु उठेर विरोध गर्दै बहिष्कार गरेपछि बुधबार बसेको बैठक स्थगित भएको छ ।
बैठकमा बोल्दै एमालेका सांसद तिलककुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्र्सीमा बसेर मुख्यमन्त्री उद्धब थापाले संविधानविपरीत विश्वासको मत दिएको भन्दै विरोध जनाएका थिए ।
उनले सभाध्यक्षले अरु पनि गैरसंवैधानिक कार्य गर्नसक्ने देखिएको भन्दै आरोप समेत लगाएका थिए । त्यसलगत्तै एमाले र राप्रपाका सांसदहरुले नाराबाजी सुरु गरेरे बैठक बहिष्कार गरेका थिए ।
बैठकमा नाराबाजीसँगै एमाले र राप्रपाका सबै सांसदहरु बैठक छोडेर हिडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो । आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कायसूची थियो । तर, बैठक बहिस्कारसँगै उक्त प्रस्ताव टेबल हुन पाएन ।