एसिया कप क्रिकेट : २३ रन जोडेर गुल्सन झा आउट

एसिया कप क्रिकेट : २३ रन जोडेर गुल्सन झा आउट

काठमाडौं ।

एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले गुल्सन झालाई छैटौँ विकेटको रुपमा गुमाएको छ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले गुल्सनलाई व्यक्तिगत २३ रनमा गुमाएको हो। गुल्सन भारतका मोहम्मद सिराजले गरेको ३१.५ ओभरमा विकेटकिपर इसान किसनबाट क्याच भएका हुन्।

जारी खेलको ३१.५ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *