ऐंचो पैंचोको काले केटा

ऐंचो पैंचोको काले केटा

आगामी भाद्र १४ गते रिलिजमा आउने फिल्म ऐंचो पैंचोको पहिलो गीत हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

काले केटाले बोलको गीतमा एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत र एरेन्जमेन्ट तथा संगीतकार अविरलका साथमा अस्मिता अधिकारीकको स्वर रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको सार्वजनिक गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ। निर्मात्री कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्मको सार्वजनिक गीतमा फिल्मका सबैजसो कलाकारलाई प्रस्तुत गरिएको छ भने एलेक्स विक पारस विशेष भूमिका देखिएका छन्।

केपी फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा मुकुन भुसाल, सुशील सिटौला, स्वस्तिमा खड्का, वर्षा राउत, कोशिस क्षत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतका कलाकारले अभिनय गरेका छन्। प्रितम लामिछाने र आध्या लामिछानेद्वारा निर्मित फिल्ममा अभिमन्यु निरवीको कथा, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम् राणको भीएफएक्स, मुकेश शाहको साउन्ड डिजाइन, पुरुषोत्तम प्रधानको छायांकन तथा विपीन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *