
काठमाडौं । नक्कली शरणार्थी प्रकरणको लहरो तान्दा यसले राज्य संयन्त्रमा गतिलै पकड बनाएकाहरुको पहरो गर्जाएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण प्रहरी हिरासतमा छन् । देउवा पत्नी आरजु राणा र खाँड पत्नी मन्जु खाँडलाई पक्रने आधार प्रहरीले जुटाउँदै छ ।
एमाले सांसद टोपबहादुर रायमाझी पक्रन प्रहरीले विशेष टोली नै परिचालन गरेको छ । कांग्रेस र एमाले नेताहरु यो प्रकरणमा मुछिँदा माओवादीका तर्फबाट भने हालसम्म कसैको नाम आएको छैन । सायद यसैले पनि प्रचण्ड नेतृत्वको सरकार यो प्रकरणमा नडगमगाई अगाडी बड्ने मुडमा देखिन्छ । कांग्रेस र एमाले सँग असहयोगि बनेकै कारण प्रचण्ड सरकार खतरामा पर्ने पो हो कि भन्ने आशंका समेत बढेको छ । जे होस्, आम सर्वसाधारणले सरकारको यो कदमलाई सकारात्मक मानेका छन् ।
सरकार आफ्ना नागरिकको हितमा काम गर्ने र अप्ठेरोमा परेका बेला मल्हम पट्टी लगाइहिने सारथी बन्नुपर्ने हो । तर सरकारमा जानेहरुनै आफ्नै नागरिकलाई शरणार्थी बनाएर विक्री गर्ने शैलीमा देखिए । यो विषयले हाल नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमै चासो पाएको छ । शरणार्थी प्रकरणको दुरगामी हाँगा कहाँसम्म पुग्ला ?
नेपालमा जारी अनुसन्धान र छानविनले यो समग्र गिरोहको पर्दाफास गर्न सफल होला ? वा पुरानै भ्रष्ट्राचार प्रकरणझैँ यो विषय पनि राजनीतिक सौदावाजीमा थामथुम होला ? यि र यस्तै विषयमा चर्चा गर्नका निम्ती आजको ‘इश्यु अझ द डे’ मा निम्त्याएका छौँ । उनी नेकपा माओवादी केन्द्रका नेता एवं वरिष्ठ अधिवक्तासमेत हुन् रामनारायण बिँडारी । उनैसँग समसामयिक विषयमा कुराकानी गरिएको छ ।