कंगनाद्वारा रणवीर र आलियाको आलोचना

कंगनाद्वारा रणवीर र आलियाको आलोचना

बलिउड अभिनेत्री कंगना रनावतले रणवीर सिह र आलिया भद्मको फिल्म रकी और रानीको आलोचना गरेकी छिन्।

फिल्मप्रति प्रतिक्रिया जनाउँदै उनले फिल्म बकवास रहेको र निर्माता करण जोहरले ९० को दशकको आफ्नै फिल्मको नक्कल गरेको आरोप लगाएकी हुन्। ञभारतीय दर्शक परमाणु हतियारको उत्पत्ति तथा परमाणु विज्ञानसम्बन्धि फिल्म ओपनहेइमार हेरिरहेका छन्। नेपो ग्याध्रका सदस्यहरु भने त्यही सासु बुहारीको रोनाधोनावाला तीन घण्टाको फिल्म बनाइरहेका छन्। दुईपटक उस्तै फिल्म बनाउन करण जोहरलाई लाज लाग्नुपर्ने? उनले करणलाई दर्शकलाई बेबकुफ नबनाउन भन्दै फिल्ममा पैसा बर्बाद नगर्न र फिल्मबाट रिटायर भएर नयाँ पुस्तालाई पालो दिन सल्लाह दिँदै इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्। कंगना यतिमा मात्र रोकिइनन्, उनले अभिनेता रणवीर सिंहलाई करण जोहरको ड्रेसिङ सेन्सबाट प्रभावित नहुन र धर्मेन्द्र तथा विनोद खन्नाजस्ता कलाकार जसरी साधारण मानिससरह कपडा लगाउन बुझाव दिएकी छिन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *