कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ देखि, तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ देखि, तालिका सार्वजनिक


कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।
तालिकाअनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ भने वैशाख २७ गते सम्पन्न हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा तथा उर्दू व्याकरण र साहित्य विषयको परीक्षा हुनेछ ।
वैशाख १५ गते अनिवार्य नेपाली तथा प्राविधिक धारतर्फको सामाजिक अध्ययन (सोसल स्टडिज) विषयको परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।
यो परीक्षा तालिका कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित र आंशिक परीक्षार्थीहरूका लागि लागू हुनेछ। परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका परीक्षार्थीहरू सहभागी हुन पाउने छन्।
बोर्डले सबै परीक्षार्थीलाई समयमै परीक्षा केन्द्रमा उपस्थित हुन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *