गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न कक्षा १२ को अन्तिम परीक्षामा देशभरिबाट ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थी सहभागी भएकामा १ लाख ८२ हजार ननग्रेडेड भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म ननग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। एक विषयमा मात्र ननग्रेड आउनेको संख्या ७९ हजार ५८४ छ। करिब ४९ हजार विद्यार्थी भने २ भन्दा बढी विषयमा ननग्रेड भएका छन्।
देशभरका एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।