कपिलबस्तुमा अनेरास्ववियू(क्रान्तिकारी)को जिल्ला कार्यालय उद्घाटन


कपिलवस्तु , तौलिहवा
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को भातृसँगठनको रुपमा रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कपिलबस्तुको जिल्लाका कार्यालय उद्घाटन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का प्रदेश कमिटी सदस्य रुद्र बन्जाडेको प्रमुख आतिथ्यता , नगर अध्यक्ष शत्रुघन विलास सिँह चौधरी, युवा नेता ईशरार खाँन, प्रदेश कमिटी सदस्य सत्यनारायण त्रिपाठी ,कपिलबस्तु नगर इन्चार्ज एवम प्रदेश कमिटी सदस्य करम बहादुर यादव (लालसिंह) लगायतको विशिष्ट आतिथ्यता, कपिलबस्तु नगरपालिकाका नगर उपाध्यक्ष कासिनाथ पाठक (घनश्याम), सँगठनका प्रदेश समिति सदस्य प्रभात न्यौपाने, सलमान खान लगायत १२ ओटै वडा कमिटीका अध्यक्ष एवम सचिवहरुको आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
सँगठनको कार्यालय उद्घाटन पार्टीका प्रदेश कमिटी सदस्य एवम कार्यक्रमका प्रमुख अतिथि रुद्र बन्जाडे विशिष्ट अतिथि नगर अध्यक्ष शत्रुघन विलास सिंह चौधरी लगायतका नेताहरुले सँयुक्त रुपमा रिबन काटेर कार्यालय उद्घाटन गरेका थिए ।
यसैगरी यस सँगठनले राखेको खुल्ला प्रचण्ड र सँघिय गणतन्त्र नेपाल विषयक निबन्ध प्रतियोगिताको पुरस्कार समेत यसै कार्यक्रमका बीच वितरण गरिएको थियो। प्रथम स्थान कपिलबस्तु बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सरीश्मा भुसालले प्राप्त गरेकी छिन् भने द्धितीय स्थान पैराडाइज बोर्डिङ स्कुलका छात्रा प्रतिष्ठा श्रीवास्तव र तृतीय स्थान जनता मा.वि.पिपराका छात्र विपिन अधिकारीले प्राप्त गरेका छन् । प्रथम पुरस्कारका लागी बुद्धभूमि नगरपालिका निवासी हाल अमेरिका रहेका घनश्याम भटराईले रु२०,००० (बीस हजार), द्धितीय पुरस्कारका लागी नेकपा (माओबादी केन्द्र) कपिलबस्तु नगर अध्यक्ष शत्रुघन विलास सिँह चौधरी ले १०,००० (दश हजार) तथा तृतीय पुरस्कारका लागी बाँणगँगा निवासी वडा न ४ का निर्बाचित जनप्रतिनिधि महिला नेतृ इन्द्रा पन्तले रु ५०००। (पाँच हजार ) सौजन्यमा सहयोग गरेको कुरा अखिल(क्रान्तिकारी ) कपिलस्तुले जनाएको छ । पुरस्कार बापतको रकम शैक्षिक सामाग्रीमा मात्रै लगानी होस भन्ने उदेश्यले सम्बन्धित पुस्तक पसलबाट एक पटकमा रु१०००।(एक हजार)मा नबढ्ने गरी पुरस्कार राशी बराबरको शैक्षिक सामाग्री पाउने गरी विजयी विद्यार्थीलाई कुपन दिईएको बताईएको छ ।
कार्यक्रममा बोल्दै नगर उपाध्यक्ष घनश्यम पाठक (कासिनाथ) ले कपिलबस्तु नगरपालिकाको मुहार फेर्न नेकपा(माओबादी केन्द्र)लाई विजयी बनाउनु पर्ने बताएका थिए । त्यसैगरी नगर अध्यक्ष शत्रुघन विलास सिहँ चौधरीले नेपालकै पुरानो नगरपालिका भए ता पनि यहाँको विकास हुन नसक्नु यहाँको विरासत,बाबुबादकै राजनितिक परिपाटी कायम रहनुले भएको बताएका छन् । बषौँ देखी यस क्षेत्रको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले जनताको चाहाना अनुसार काम नगर्दा सधै कपिलबस्तु नगरपालिका पछी परेको चौधरीले आरोप लगाएका छन् । बोल्ने क्रममा उहाँले जिल्ला प्रशासन कार्यालय आगाडी रहेको बुद्ध मूर्ति , नयाँटोल चोकमा रहेको बुद्ध मूर्ति तथा तौलिहवाको गौरब महेन्द्र गेट तोडेर एक नागरिकको मुर्ति यथास्थानमा राख्नु कपिलबस्तु नगरपालिका तथा स्थानीय प्रशासनको कमजोरी रहेको चौधरीले औल्याएका छन् । चौधरीले आउने बैशाख ३० मा हुने निर्वाचनमा कपिलबस्तु नगरपालिकामा नेकपा(माओबादी केन्द्र) बाट नगर प्रमुख मेयर पदमा उम्मेदवारी दिने घोषणा समेत यसै कार्यक्रमका बीच गर्दै सम्पूर्ण नगरवासी ,शुभचिन्तकहरुलाई गोलो घेरा भित्र हसिया हथौडामा मतदान गरि विजयी गराउन अपिल समेत गरेका छन् ।
यसैगरी प्रमुख अतिथि रहनुभएका प्रदेश समिति सदस्य रुद्र बन्जाडेले वर्तमान नेपालको कल्पना दश बर्षे जनयुद्ध र माओबादी जनआन्दोलनको उपलब्धि भएकाले यसको रक्षा गर्नु आम कार्यकर्ता तथा शुभचिन्तकको दायित्व रहेको बताएका छन् । बोल्ने क्रममा विद्यार्थी आन्दोलन राष्ट्र निर्माण एवम परिवर्तनमा विद्यार्थीहरुको विषेश भुमिका रहने हुँदा विद्यार्थीहरु नै परिवर्तन र राजनितिका खम्बा रहेका कारण विद्यार्थी राजनितिमा रुची राख्नु पर्ने जिकिर बन्जाडेले गरेका थिए ।
सँगठनका जिल्ला अध्यक्ष एवम केन्द्रिय सदस्य हरिश चन्द्र खनालले सँगठनले सामाजिक सँस्थाको रुपमा रहेर समस्त विद्यार्थी आम नागरिक एवम जनसमुदायमा जनचेतना फैलाउँदै जिल्लामा व्याप्त सबै खाले शोषण, दमन, अन्याएका विरुद्ध आवाज बुलन्द गर्दै जिल्लाका सरकारी कार्यालयमा हुने ढीलासुस्ती एवम समस्यामा परेका विद्यार्थी आम नागरिक समेतलाई सहजीकरण एवम सहयोगी भूमिका समेत निर्वाह गर्ने जिल्लामा सँस्थागत विद्यालयहरुमा गरिब जेहेनदार विद्यार्थीहरुलाई १० प्रतिशत छात्राबृति सुविधा साथै यातायातका साधनमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट कार्यान्वयन गराउन भुमिका खेल्न काम गर्ने उदेश्य सहित जिल्ला कार्यालय कपिलबस्तु नगरपालिका वडा न २ जमुवारटोल स्थित खोलिएको बताएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *