विजय पौडेल (आभाष) , कपिलबस्तु
कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा कपिलबस्तु विकास कोष गठनका लागी सँकल्प प्रस्ताव पारित गर्न अभियानको रुपमा सञ्चालन गरिएको छ ।
कार्यक्रमको पहिलो चरणको कार्यक्रमःपुरातत्वविद ,बौद्ध विद्धान तथा साहित्यकारहरुसँग अन्तक्रिया कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष हरिश चन्द्र खनालको अध्यक्षता,वरिष्ठ पुरातत्वविद एवम लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा.डा.बसन्त विडारीको प्रमुख आतिथ्यता, लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्व सँकायका कार्यक्रम सँयोजक उपप्रध्यापक गुनाखर गैरे,उपप्रध्यापक चर्तुभुज पाण्डेय , कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल ,बौद्ध दर्शनका विज्ञ राम अचल यादव, कपिलबस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ,साहित्यकार द्धोय हरिराज शर्मा,पशुपति मणि त्रिपाठी,सामाजिक अभियान्ता रवि ठाकुर,बौद्ध दर्शनका विज्ञ विद्यार्थी गिता केसी अन्जान,पोम नारायण पौडेल,युवराज केसी,गिरीराज पोख्रेल,हरिश चन्द्रलाल श्रीवास्तव,गोविन्द प्रसाद खनाल,पुरातत्व तर्फबाट विज्ञ एवम विद्यार्थी शुभकान्त भुसाल,वशिष्ठ तिवारी ,स्थानीय पर्यटक पथ प्रदशक राजकुमार यादव ,नेपाल पत्रकार महाँसघ कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यको आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमको दोस्रो चरणमा सर्वदलिए बैठक , तेस्रो चरणमा कपिलबस्तु जिल्लाका दश वटै स्थानिय तहका प्रमुख , सम्बन्धित क्षेत्रका विद्धान, विज्ञहरु ,सँघिय सँसदहरु,प्रदेश सभासद,लगायत सरोकारवालाको उपस्थितिमा कपिलबस्तु विकास कोष गठनका लागी सँकल्प प्रस्ताव पारित गर्ने कार्यक्रम र चौथो चरणमा सँभाब्यता अध्ययन प्रतिबेदन समितिले तयार पारेको प्रतिवेदन,दोस्रो चरणमा सम्पनन भएको सर्वदलिय बैठकको निर्णय ,तेस्रो चरणमा पारित भएको सँकल्प प्रस्ताव,सहित नेपाल सरकारका प्रधानमन्त्रीलाई माग पत्र पेश गर्ने कार्यक्रम तय गरेको समितिका अध्यक्ष खनालले बताएका छन ।
कार्यक्रममा मुलत कपिलबस्तु विकास कोष गठनको आवश्यकता र औचित्यता सम्बन्धिमा केन्द्रित रहेर छलफल भएको छ । कपिलबस्तु जिल्लामा सयौँ पुरातात्विक सम्पदाहरु हुँदाहुँदै पनि कपिलबस्तुको पर्यटकिय विकास हुन नसकेको कुरा सबैको स्वीकार गरेको र यसको लागी कपिलबस्तुको बृहत्तर विकासका लागि कपिलबस्तु विकास कोष गर्न सबै एकजुट भएर अगाडी बढनु पर्ने निष्कर्ष आएको समितिका अध्यक्ष खनालले बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पुरातत्वविद डा.बसन्त विडारीले कपिलबस्तु जिल्लाको बृहत्तर विकासका लागी कपिलबस्तु विकास कोष गठन गर्नु पूर्व सँस्थाले जिल्लामा भएका सबै पुरातात्विक सम्पदाहरुको वर्तमान स्थिति अवस्थाका वारेमा जानकारी राख्दै प्रस्तावित सँस्थाले गर्ने काम कर्तब्य र अधिकारका क्षेत्रमा प्रकास पारि प्रस्तावित सँस्थाको अवधारणापत्र तयार पार्दै अगाडी बढन सुझाव दिनुभएको र यसका लागी भविष्यमा आवश्यक पर्ने सबैखाले प्राविधिक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको अध्यक्ष खनालले बताएका छन ।
राज्यको नितिगत तहबाट निर्णय भई मात्रै अगाडी बढ्ने भएकाले जिल्लाका सबै स्थानीय तहका प्रमुख,सँसद तथा विधायकहरुलाई एक ठाउँमा ल्याएर प्रक्रियागत ढँगबाट आयोजक सँस्था अगाडी बढनुपर्ने बताउनुभएको थियो ।
पुरातत्व तथा बौद्ध अध्ययनका विद्धानहरुःगुनाखर गैरे,राम अचल यादव,गिता केसी अन्जान, पोम नारायण पौडेल,लगायत उपस्थित सबैले कार्यक्रमको ढाँचा र परिकल्पनामा सहमति जनाउँदै बृहत ढँगबाट सबैलाई जोडेर अगाडी बढनुपर्ने निष्कर्ष निकालिएको छ ।
साथै सँभाव्यता अध्ययनका लागी कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्षको सँयोजकत्वमा ९ सदस्यीय अध्ययन प्रतिवेदन समिति गठन भएको छ ,सँयोजक हरिश चन्द्र खनाल,गिता के.सी .अन्जान,राम अचल यादव, चर्तुभुज पाण्डेय ,पोम नारायण पौडेल,रवि ठाकुर,युवराज केसी,नारद कोहार तथा वशिष्ठ तिवारी रहेको एक सँभाव्यता अध्ययन प्रतिवेदन समिति गठन भएको समितिका अध्यक्ष हरिश चन्द्र खनालले बताएका छन।