कपिलवस्तुका उखु किसानको काठमाडौंमा धर्ना, २०७१ सालदेखिको अनुदान पाएनन्

कपिलवस्तुका उखु किसानको काठमाडौंमा धर्ना, २०७१ सालदेखिको अनुदान पाएनन्

 

काठमाडौँ । सरकारले अनुदान नदिएपछि कपिलवस्तुका उखु किसानहरु काठमाडौंमा धर्नामा बस्न बाध्य भएका छन् ।

२०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरुले मात्रै नपाएपछि काठमाडौंको माईतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले जानकारी दिए । २०७१ सालमा सरकारले उखु किसानहरुलाई प्रतिक्वीटल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर सो रकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरु काठमाडौं आएका हुन् । 

 

अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयमा दिइएको दबाब काम नलागेपछि काठमाडौंमा आएर धर्नामा बस्नुपरेको संघर्ष समितिका सदस्य रामलाल कलवारले बताए । उनले आफूहरुलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिए ।
उनीहरुले अन्य जिल्लालाई दिइएको त्यो अनुदानको बापतको रकम आफूलाई नदिएको भन्दै ५ दिनयता काठमाडौंमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । तर सरकारले कुनै सुनुवाई नगरेको उनीहरुको गुनासो छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *