कपिलवस्तुको कृष्णनगरमा यात्रु सहायता कक्षको स्थापना

कमलेशचन्द्र गुप्त , असोज १६ ।
नेपालीहरूको महान चाड बडा दशैं, शुभ-दिपावली तथा छठ पर्वको अवसरमा यात्रुको चाप र संवेदनशीलतालाई ध्यानमा राख्दै यात्रुको सहजताका लागि कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १, बसपार्कस्थित यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
असोज १६ गतेका दिन स्थापना गरिएको यो सहायता कक्षले यात्रुहरूको सुरक्षा, सुविधा र सूचनाको आवश्यकता पूर्ति गर्ने उद्देश्य राखेको छ। विशेष गरी चाडपर्वको समयमा बढ्दो यात्रु चाप व्यवस्थापनका लागि यस कक्षको भूमिकालाई महत्त्वपूर्ण मानिएको छ। यात्रुहरूलाई जानकारी, मार्गदर्शन र सहयोग प्रदान गर्ने सेवाहरू यहाँ उपलब्ध हुने प्रहरी निरीक्षक सुरज खत्रीले बताएका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top