कपिलवस्तुको मर्यादपुर  सिमा क्षेत्रबाट प्रहरीकै मिलोमतोमा ब्यापक तस्करी   

४  भदौ,  २०८१
कपिलवस्तु ।
कपिलवस्तुका मर्यादपुर खुनुवा सिमा क्षेत्रबाट ठूलो मात्रामा तस्करी मार्फत सामान भित्रन थालेको छ। भन्सार छलेर भारतबाट विभिन्न सामान तस्करी गर्ने क्रम बढेपनि नियन्त्रणमा पहल नहुँदा लाखौं रुपैयाँ राजश्व चुहावट भइरहेको छ।
केही दिन पहिला  तस्करले कपिलवस्तु को खुनुवा मर्जादपुर  सीमा क्षेत्रलाई आधार बनाएर तस्कर गरिरहेका भिडियो तथा फोटो समाजिक संजालमा सार्वजनिक भएपछि  सो क्षेत्रका तस्करी गर्ने समय परिवर्तन गराइएको छ । पहिले  १५ देखि २० वटा मोटरसाइकल वाला भरियालाई प्रयोग गरेर दिनमै मुख्यतः प्याज , चिनी ,कपडा, किराना सामान  लगायतका ओसारपसार गर्ने गर्थे भने अहिले पनि त्यो कार्य निरन्तरता पाएको  छ तर  समय परिवर्तन गरिएको छ । कोदाहा नहरको बाटो भएर कपडा चिनी र किराना समानको तस्करी  दिनमै हुन्छ भने ठुलो मात्रामा हुने प्याजको तस्करी दिनमा कम देखिन्छ भने   एकदम बिहानै र साँझ  ७ बजे देखि  राती अबेरसम्म बढी  हुने गरेको छ । प्रति  मोटरसाइकलमा ३/४ बोरा प्याज वा चिनी बोक्ने १५ /२० जना भरिया छन ।   भारतीय बजारबाट ल्याइएको सामान तौलिहवाको गोदाममा एकत्रित गरेर बैधानिक  कागजातको प्रक्रिया पुर्याएर व्यापारीले नेपालको बिल बनाएर बिक्रीका लागि कपिलवस्तुको चार नम्बर, अर्घाखाँची, प्युठान, बुटवल र पाल्पा लगायत स्थानमा त्यो प्याज, चिनी कपडा पुर्‍याउने गरेको स्रोतको दाबी छ।
कपिलवस्तुको मर्यादपुर प्रहरी चौकी ,सुठौली  भन्सार कार्यालयसँगै  डेंगरीमा सशस्त्र प्रहरी सीमा सुरक्षा चेक पोस्ट (बीओपी) पनि छ।  नेपाल प्रहरी र  सशस्त्र  प्रहरीको काम सीमा क्षेत्र सुरक्षाका साथै तस्करी रोक्नु पनि हो। तर, ठाउँ-ठाउँमा दुबै प्रहरीको सर्बसाधारण चेकजाँच  भएपनि तस्करी  कार्यमा प्रहरीकै मिलोमतो रहेकोेले तस्करी  नरोकिएको स्रोतको दाबी छ ।
तस्करीको सेटिङ मिलाउन घुमुवा परिचालन:
कपिलवस्तु सीमा क्षेत्र मा तस्करीको क्रियाकलापलाई सहज बनाउन प्रहरी र तस्करबीचको गहिरो गठजोडको खुलासा भएको छ। प्रहरी  सीमा चोकी मर्यादपुरका इन्चार्ज खेम बिक्रम जिसिले संजय बराईलाई , वडा प्रहरी कार्यलय तौलिहवाका इन्चार्ज वरिष्ठ सइ  ज्ञान प्रसाद ज्ञवालीले दुई जना सहायक हवलदार लक्ष्मण चौधरी र मनोज कुर्मीलाई  घुमुवा (गुप्तचर) परिचालन गरी तस्करीको सेटिङ मिलाउन सक्रिय  गराएका छन । सशस्त्र प्रहरी बल डंगरीका प्रहरी निरीक्षक अर्जुन कुँवर  जसले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई गम्भीर प्रश्न चिन्हमा राखेका छन । तस्करीका गतिविधिहरू व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रहरीहरूले घुमुवाहरूलाई विभिन्न क्षेत्रमा परिचालन गरेका छन्। यी घुमुवाहरू तस्करहरूलाई सुरक्षाकर्मीहरूको गतिविधिबारे सूचना दिने, सेटिङ मिलाउने, र तस्करीका लागि उपयुक्त समय र स्थान निर्धारण गर्ने कार्यमा संलग्न रहेको स्थानीय स्रोतहरूले खुलासा गरेका छन्।घुमुवाहरूले प्रहरीहरूको आदेशमा काम गर्दै तस्करीका लागि बाटो खुला गराइदिने, र विशेष समयमा तस्करीका सामानहरू सहजै सीमा पार गराई आफ्नो  निर्धारित सिमा सम्म रोकावट नहुने  जिम्मेवारी लिएका हुन्छन् । दिनभरि सीमा क्षेत्रमा कडा निगरानी राखेझैं देखाए पनि साँझ र बिहानको समयमा तस्करहरूले प्रहरीको मिलेमतोमा सामान ओसारपसार गरिरहेका छन्।तस्करीका गतिविधिहरूलाई चलायमान राख्न प्रहरीहरूले घुमुवाहरूलाई आकर्षक रकम र अन्य सुविधाहरू दिएर नियन्त्रणमा राखेको आरोप लाग्दै आएको छ। यस किसिमको गठजोडले कपिलवस्तु सीमा क्षेत्रलाई तस्करीको केन्द्रमा परिणत गरेको छ ।
तस्करीको बारेमा कुरा गर्दा जिल्ला प्रहरी कार्यलय प्रवक्ता डिएसपी हरि  वलीले जिल्लामा कहिँ तस्करी नभएको दाबी गरे। तस्करी रोक्ने हाम्रो मात्रै नभएर सशस्त्र प्रहरी र भन्सार कार्यलयको पनि हो  उनले भने ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top