कपिलवस्तु – अवधी भाषा बोल्ने पत्रकारहरूको छाता संगठन, अवधी पत्रकार संघ नेपालको कपिलवस्तु जिल्ला शाखाले आगामी कार्तिक १० गते तौलिहवामा आफ्नो तेस्रो जिल्ला अधिवेशन आयोजना गर्ने तयारी गरेको छ। संघका अध्यक्ष निरहू यादवले अधिवेशन भव्य रूपमा सम्पन्न गर्न तयारी भइरहेको जानकारी दिनुभएको छ। अधिवेशनको मिति कपिलवस्तुको बहादुरगञ्जमा हालै सम्पन्न बैठकले तोकेको हो। बैठकमा तेस्रो जिल्ला अधिवेशनलाई सफल बनाउनका लागि विभिन्न जिम्मेवारीहरूको बाँडफाँड गरिएको अध्यक्ष यादवले बताए।
अधिवेशनका लागि मुल आयोजक समितिको संयोजन अध्यक्ष यादवले गर्नुभएको छ। यससँगै, उपाध्यक्ष अनेक पाण्डेलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ भने कोषाध्यक्ष सहबाज खानलाई आर्थिक व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ। प्रतिमा विश्वकर्मालाई अतिथि सत्कारको व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
कार्यक्रमलाई सफल बनाउन बृजेश यादव, धनिराम कोरी, सविता गुप्ता, महेन्द्र धोबी, र सत्रुघन खरविन्दलाई पनि विभिन्न जिम्मेवारी तोकिएको बैठकले निर्णय गरेको छ।