कपिलवस्तु – चैत २२
कपिलवस्तुमा ३० वटा कुखुरालाई खाडलमा गाडेर नष्ट गरिएको छ।
भारतबाट अवैध रूपमा ल्याइएका बोइलर कुखुरालाई बिओपि भिल्मीले बरामद गरी नष्ट गरेको हो।
बिहान ६ बजे नै कपिलवस्तुको कृष्णनगर नगरपालिका न.पा ६ भिल्मीमा भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा प्रहरीले ३० वटा कुखुरा बरामद गरेको हो।
सशस्त्र प्रहरी पोस्ट भिल्मीका सशस्त्र प्रहरी निरीक्षक सुर्य देवकोटाको कमाण्डमा रहेको गस्ती टोलीले बिहिवार बरामद गरि नष्ट गरेको हो।
अबैध रूपमा भित्र्याउन लागेको कुखुराको मूल्य सोह्र हजार एक सय मात्र रुपिया बराबर रहेको सशस्त्र प्रहरी निरीक्षक देवकोटाले बताए।
कुखुरालाई पशु क्वारेन्टाईन कार्यालय कृष्णनगरका डा.दयाराम चौधरी, भिल्मी प्रहरी चौकीका
प्र.स.नि विक्रम प्रसाद भुसाल , स्थानीय जनप्रतिनिधि ,पत्रकार लगायतको रोहवरमा नष्ट गरिएको हो।