फाइल फोटो
कमलेश चन्द्र गुप्ता -कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ बगही गाउँ नजिकै रहेको तलाउमा एकै परिवारका दुई दाजुभाइको डुबेर मृत्यु भएको छ। मङ्गलवारदेखी हराएका वर्ष ५ का राजन यादव र बर्ष ७ का साजन यादवको घर नजिकैको तलाउमा डुबेर मृत्यु भएको ईप्रका कृष्णनगरले जनाएको छ ।
प्रहरीलाई घरबाट हराएको भनी राती ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव बुधबार बिहान मात्र भेटिएको थियो । माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवलाई बहादुरगंज स्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईप्रका कृष्णनगरले जनाएको छ ।