कार्तिक ३ कपिलवस्तु, । बिजयनगर गाउँपालिका ७ ढोढरीमा दिनदहाडै किसानको गोठबाट गोरु चोरीको घटना सार्वजनिक भएको छ। सन्त प्रसाद पासीको एक जोडी गोरु गत मंगलवार दिउँसो चोरिएको थियो। गोरु तस्करीको गिरोहले गोरु चोरी गरी बेचेको र सो गोरु जवाभरीमा राखिएको थियो, जहाँबाट गोरुहरू कागजी प्रक्रिया मिलाएर झापा हुँदै बङ्लादेश पठाइन्छ।
गोरु चोरी गर्ने गिरोहका सदस्य सोही गाउँ ढोढरीका दिलिप यादव र कृष्णनगर १० का इन्द्रजीत यादव, गोरु ट्रकमा लोड गर्ने अवस्थामा राखिएको र पशु धनीको खोजबिनबाट पत्ता लागेपछि पक्राउ परे। पक्राउ परेका अभियुक्तहरूलाई एक रात इलाका प्रहरी कार्यालय गणेशपुरमा राखिएको थियो भने स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा ५५ हजार जरिवाना तिराई, गोरु मालिकलाई फिर्ता गरिएको छ ।