कपिलवस्तुमा नयाँ प्रहरी उपरीक्षक सन्तोष आचार्यले जिम्मेवारी सम्हाले

कपिलवस्तु, असोज ६ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सरुवा भइ आएका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यलाई स्वागत गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार कपिलवस्तुमा सरुवा भइ आएका आचार्यलाई एक कार्यक्रममा औपचारिक स्वागत गरिएको हो । सोही अवसरमा यसअघि कपिलवस्तुमा कार्यरत प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टलाई बिदाई तथा “फेरी भेटौंला” कार्यक्रम पनि सम्पन्न भएको थियो ।
कार्यक्रममा एसपी आचार्यले निरन्जन दत्त भट्टलाई खादा अर्पण गर्दै मायाको चिनो प्रदान गरेका थिए । उनले नयाँ कार्यक्षेत्र काठमाडौँमा भट्टको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै कपिलवस्तुमा आफूले शान्ति–सुरक्षा, अपराध नियन्त्रण र जनविश्वासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *