कपिलवस्तुमा नीलगाई काट्ने तीन जना पक्राउ ।


महाराजगन्ज , पुष १५ गते । कपिलवस्तुको यशोधरा गाउँपालिका –८ सिंहखोरमा नीलगाई मारेर भाग लगाउँदै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन् । शुक्रबार बाणगङ्गा नदीको बगरमा २५ किलो गाईको मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय जमिल अहमद चौधरी, महाराजगन्ज नगरपालिका –२, पडरियाका मोहम्द इमरान र नसुल्ला मुसलमान छन् । उनीहरूलाई प्रहरी चौकी मर्यादापुरका वरिष्ठ सई गगन शाहीको कमाण्डमा गएको टोलीले पक्राउ गरेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *