कपिलवस्तुमा पुस्तक व्यवसायी महासंघ को ९ औं अधिवेशन, नयाँ नेतृत्व चयन

कपिलवस्तु — नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा कपिलवस्तुको १७औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन आज पुष ५ गते शनिबार सम्पन्न भएको छ। बाणगंगा नगरपालिका–३, राजापानीमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनबाट रणबहादुर क्षेत्री अध्यक्षमा चयन हुनुभएको छ। यस्तै, शालिकराम पौडेल र विजय कुमार गुप्ता उपाध्यक्षमा चयन भएका छन्। सचिवमा डासुराम पोख्रेल चयन हुनुभएको छ भने शालिकराम पौडेल कोषाध्यक्षको जिम्मेवारीमा चयन हुनुभएको छ।
त्यसैगरी, सदस्यहरूमा श्री कुमारी गन्हा, सीता डुम्रे, बालकृष्ण आचार्य, देवलाल सापकोटा, नुर मोहम्मद, दीपक धिमिरे र निरहु यादव चयन भएका छन्।
कार्यक्रममा महासंघको उद्देश्यअनुसार गुणस्तरीय उत्पादन, मर्यादित व्यापार र व्यवसायीहरूको संगठनात्मक सुदृढीकरणमा जोड दिइएको थियो। अधिवेशनले आगामी दिनमा पुस्तक तथा स्टेशनरी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक क्षमता अभिवृद्धि र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।
यसअघि महासंघ जिल्ला शाखा कपिलवस्तुको अध्यक्षको जिम्मेवारी अर्जुन चापागाईंले सम्हाल्नुभएको थियो। कार्यक्रमका क्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *