कपिलवस्तु, असोज ९ – कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. २, पिपरामा अवस्थित कपिलवस्तु टेक्निकल इन्स्टिट्युटले दशैं-तिहारको अवसरमा विशेष छुटसहित फिजियोथेरापी (DPT) र सर्वे इन्जिनियरिङ (AMIN) कार्यक्रमका लागि भर्ना खुलाएको छ।
इन्स्टिट्युटका प्रमुख अरुण पाण्डेयले तीनवर्षे डिप्लोमा र १८ महिनाको प्रि-डिप्लोमा कार्यक्रमका लागि यो राम्रो अवसर रहेको बताए। २०५४ सालमा स्थापित यो इन्स्टिट्युटले लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा दिँदै आएको छ।
स्वास्थ्य क्षेत्रको मागलाई सम्बोधन गर्दै, यस कलेजका विद्यार्थीहरू सरकारी सेवा तथा अन्य स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति गर्दै आएका छन्।