कपिलवस्तुमा बिरामीको अवस्था बुझ्दै प्रदेश योजना आयोगका पदाधिकारी, जसपा अध्यक्ष द्वारा ५० सैया बेड को अस्पताल माग।

कपिलवस्तुमा बिरामीको अवस्था बुझ्दै प्रदेश योजना आयोगका पदाधिकारी, जसपा अध्यक्ष द्वारा ५० सैया बेड को अस्पताल माग।

संक्रमितको संख्या ३ सय पुगियो, तीन को मृत्यु।

कमलेश चन्द्र गुप्ता। कपिलवस्तु

कपिलवस्तुको कृष्णनगरकाे बहादुरगंजमा साेमबारराति देखि हैजाको प्रक्रोप बढ़ेपछि प्रदेश योजना आयोग द्वारा बिरामीहरुको अवस्था बारे निरीक्षण गरिएको छ। योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, सो आयोगका सदस्य शिव पूजन यादव र सो आयोगका कर्मचारी सहितका टोलीले बुधवार शिवराज अस्पतालमा बिरामीहरुको अवस्था बारें निरीक्षण गरिएको हो।

मुख्यमंत्रीले दिएको निर्देशन अनुसार बहादुरगंजमा फैलिएको झाड़ा पखला प्रकोपको अवस्था बारे बुझ्न आएको योजना आयोगको उपाध्यक्ष राम देव क्षेत्रीले बताउनुभएको छ। सो प्रकोपको यथासीघ्र समाधान गर्नका लागि प्रदेश सरकारबाट पहल भईरहेको उहाँले बताउनुभयो।

जसपाका प्रदेश अध्यक्ष अशोक यादवले योजना आयोगबाट ५० सैया बेडको अस्पताल माग गर्नु भएको छ। योजना आयोगको उपाध्यक्ष बामदेव क्षेत्री समक्ष सो प्रस्ताव रखियो जसपाका युवा नेता रहिस शाहले बताउनु भएको छ। योजना आयोग सो बिषयमा सकारात्मक रहेको योजना आयोगका सदस्य शिव पूजन यादवले बताउनु भएको छ । ५० सैयाको बेड यथासीघ्र प्रदेश सरकारबाट पहल हुने आयोगका सदस्य यादवले बताए।

कृष्णनगर नगरपालिकाकाे वार्ड नं ५,७,८ र ९ मा बिरामीहरुको चाप बढ्दै गएको छ। बहादुरगंज र आसपासका देवानगढिया, जमुनी, सुखरामपुर , दयानगर , बभनपुरवा, जुमिला, विजयनगर , डबरा लगायतका गाउँहरुमा सोमवार रातिदेखि नै हैजा विरामी बढेकाले शिवराज अस्पतालमा बिरामीको चाप बढेको छ ।
बिरामीको चाप बढ़ेपछि अस्तपतालमा ठाउ नभएकोले
शिवराज अस्पतालका गल्ली, बरन्डा र महेन्द्र आधारभूत र राम गोरखा मध्यमिक विद्यालयमा राखी उपचार भईरहेको छ भने कतिपय बिरामीलाई निजी क्लीनिक र स्वास्थ्य चौकी पनि उपचार भईरहेको छ।

बिरामी बुधवार दिउसो ६ बजे सम्म ३ सय ४ जना शिवराज अस्पताल बहादुरगन्जमा भर्ना भएका थिए भने भर्ना भएका मध्ये ३० जना लाई थप उपचारका लागि बुटवल र तौलिहवा रेफर गरिएको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले जानकारी दिनु भएको छ। १०० जना बिरामीलाई डिस्चार्ज भएका छन भने ३ जनाको समेत मृत्यु भएको चिकित्सक चौधरीले बताउनुभयो।

चिकित्सक अभाव भएपछि उपचारका लागि प्रदेश र जिल्लाबाट औषधि सहित स्वास्थ्यकर्मी टोली खठाइएको बताइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *