कपिलवस्तुमा सवारी चेकजाँचको नाममा असुली: जनपद प्रहरीमाथि गम्भीर आरोप ।

असोज १६ कपिलवस्तु ।
कपिलवस्तुमा सवारी साधन चेकजाँचको नाममा जनपद प्रहरीले अवैध असुली गरेको गम्भीर आरोप लागेको छ। विशेष गरी मोटरसाइकल चालकहरूसँग कागजात चेकजाँचको बहानामा रकम असुल्ने कार्यमा प्रहरी संलग्न रहेको स्थानीयहरूको दाबी छ।
मायादेवी गाउँपालिका ८, बिजुवा क्षेत्रका प्रहरी सहायक निरीक्षक तेजबहादुर केसीमाथि चेकजाँचका क्रममा ३ हजार भारतीय रुपैयाँ लिएको आरोप छ। बसन्तपुरका सोनु चौरसियाका अनुसार, केसीले अनटेस्ट मोटरसाइकलको कागजात माग्दै ‘कि खसी देउ, कि पैसा देउ’ भन्दै अवैध रकम असुल गरेको बताइएको छ।
भारतीय नम्बर प्लेट भएका सवारीसाधनको कागजात खरिद गरेको ४५ दिनभित्र मात्र सम्बन्धित निकायले उपलब्ध गराउनुपर्ने नियम हुँदाहुँदै पनि केसीले नियमलाई बेवास्ता गर्दै तत्काल रकम मागेको आरोप छ। स्थानीयवासीहरूले विगतमा पनि जनपद प्रहरीबाट यस्ता असुलीका घटना भइरहेको बताए। सवारी चेकजाँचको जिम्मेवारी ट्राफिक प्रहरीसँग मात्र रहने कानुनी प्रावधान भए पनि जनपद प्रहरीको संलग्नता देखिँदा यसबारे विरोध र चिन्ता व्यक्त भएको छ।
चाडपर्व नजिकिँदै गर्दा सुरक्षा व्यवस्था कडा पार्नुको सट्टा प्रहरीले असुलीमा ध्यान दिएकोप्रति सरोकारवालाहरूले आक्रोश व्यक्त गरेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top