अवध जागरण , कपिलवस्तु
विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धन कार्यक्रममा कपिलवस्तुकाे शैक्षिक धराेहरकाे रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पस छनोट भएकाे छ ।
विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकको सहकार्यमा संचालित तेस्रो चरणको कार्यक्रम उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धनमा कपिलवस्तु जिल्लाकाे कपिलवस्तु बहुमुखी क्याम्पस छनोट भएकाे छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाको आधारमा अनुदान आयोगले यश क्याम्यसलाई छानेको हो ।
देशभरबाट ७९ वटा क्याम्पसलाई अनुदान आयोगले छनोट गरेको छ । अनुदान आयोगले उत्कृष्ट शैक्षिक संस्थालाई छनोट गरेको हो । यस परियोजनामा छनोट भएका क्याम्पसहरुले भौतिक पूर्वाधार विकास, अनुसन्धान प्रर्वधन, वातावरण अनुकुल पूर्वाधार विकास, क्याम्पसभित्र सुचना प्रविधि पूर्वाधारको विकास, ट्रेसर स्टडी, विद्यार्थी नतिजा सुधार, विज्ञान तथा कम्प्युटर प्रयोगशाला निर्माण र शिक्षक कर्मचारीको क्षमता विकास लगायतका कार्यक्रममा वित्तिय अनुदान सहायता प्राप्त गर्न सकिने कपिलवस्तु बहुमुखी क्याम्पसका विश्वविद्यालय अनुदान आयोगका फाेकल पर्सन प्रमुख रमेश घिमिरेले बताउँनुभयो ।
उहाँका अनुसार परियोजनाबाट प्राप्त हुने सहयोग रकम परिणाममा आधारित रहेको छ, तसर्थ क्याम्पसहरुले कुनै कार्यक्रम सम्मपन्नगरी त्यसको प्रतिबेदन बुझाए पश्चात त्यसमा लागेको सम्पुर्ण खर्च विश्वविद्यालय अनुदान आयोगमा दाबि गर्न सक्छन र नियामअनुसार भुक्तानी प्राप्त गर्न सक्छन । घिमिरेलेले क्याम्पसले पाएको यो अवसरलाई सहि रुपमा प्रयाेग हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धन शीर्षकमा १ अर्व २० करोड बजेट विनियोजन गरेको छ ।