कपिलवस्तु मालपोतका कर्मचारी माथी हातपात

कपिलवस्तु, पुस २०
तौलिहवामा रहेको भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी माथि हातपात भएको छ । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि हातपात भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नं. ६ महुवाका सर्वजित मिश्राले कंडेललाई हातपात गरेका हुन् ।

लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा काम गर्दै आएका मिश्राले कंडेललाई हातपात गरेको पीडितको भनाइ छ । के कति कारणले मिश्राले कंडेललाई हातपात गरेका छन् भन्ने अझै खुलेको छैन । हातपात पश्चात मिश्रा कार्यालय बाट बाहिरिएर पछी सम्पर्कबिहिन बनेका छन् । कुटपिटका कारण कंडेलको निधारको देब्रे भागमा चोट लागेको कंडेलले बताए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ । कार्यालयले मिश्रा बिरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ । कार्यालयका कर्मचारी माथि सांघातिक आक्रमण गर्ने व्यक्ति उपर कडा कारवाहीको माग अगाडि बढाईने कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारीले बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top