कपिलवस्तु मा नेपालकै पहिलो परिमार्जित वातावरण कोल्ड स्टोर सञ्चालनमा ।
कपिलवस्तुको बुद्धभूमि-१० मा नेपालकै पहिलो Modified atmosphere cold storage ( परिमार्जित वातावरण कोल्ड स्टोर) सञ्चालनमा आएको छ । २५ सय टन क्षमताको चिस्यान केन्द्र २५ करोड लागतमा १५ महिनामा तयार भएको हि । नेपालमै पहिलो पटक यो प्रविधिक सञ्चालनमा आफूले ल्याएको दाबी गर्दै संचालक आशिष शर्माले यस प्रविधिबाट ताजा तरकारी, फलफूल भण्डारण गरि तरकारी र फलफूललाइ लामो समय सम्म जोगाइ राख्न सकिने बताउँछन् । यस प्रकारको चिस्यान केन्द्रमा तापक्रम माइनस २५ र बढीमा आवश्यकता अनुसार परिमार्जित वातावरण सिर्जना गर्न सक्दछ । कुल ८ चेम्बर रहेको यस चिस्यान केन्द्रमा cipc प्राविधिको प्रयोग गरिएको छ । हाल यस चिस्यान केन्द्रमा काभ्रे , चितवन लगायत नजिकका जिल्ला र कपिलवस्तुको कुल १४०० टन तरकारी र फलफुल राखिएको छ ।