कमेडी र एक्सनमा जय हो

कमेडी र एक्सनमा जय हो

निर्माता निर्देशक शोभित बस्नेतको प्रस्तुतिमा निर्माणाधीन फिल्म जय होको टिजर सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटलबाट एक मिनेट १४ सेकेन्डको टिजर सार्वजनिक गरिएको हो। टिजरले फिल्मको मुख्य कथाको संकेत गरेको छ। आगामी भाद्र ८ गते देश र विदेशमा एक रिलिज गरिने फिल्म टेक पौरखी राईको निर्देशनमा बनेको हो।

अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सौरभ लामाको डीओपी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स रहेको छ।

मुस्ताङका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्ममा कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको छ। सलोन सलिना फिल्म्सको ब्यानरमा राज के अधिकारी र सुरज सरकारद्वारा निर्मित फिल्म जीजीए ग्रुपले वितरण गर्दैछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *