कर्मामा निर्माण भएको सडक दुई महिनामै भत्कियो, अटल कन्स्ट्रक्सनले पुनः निर्माण गर्ने

कर्मामा निर्माण भएको सडक दुई महिनामै भत्कियो, अटल कन्स्ट्रक्सनले पुनः निर्माण गर्ने


कमलेश चन्द्र गुप्ता

कपिलवस्तु — कृष्णनगर नगरपालिका–६ को करमा गाउँमा निर्माण सम्पन्न भएको सडक दुई महिनामै भत्किएको छ। गुणस्तरमा गम्भीर प्रश्न उठेपछि निर्माण कम्पनी अटल कन्स्ट्रक्सन प्रा.लि. ले सडक पुनः निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
प्रदेश सरकारको कार्यक्रमअन्तर्गत २७ लाख ३८ हजार ७५९ रुपैयाँ लागतमा निर्माण भएको उक्त सडक कपिलवस्तु सडक पूर्वाधार विकास कार्यालय मार्फत सम्पन्न गरिएको थियो। २०८१ मंसिर १३ मा ठेक्का सम्झौता गरी २०८२ असार १५ सम्म काम सक्ने लक्ष्य राखिएको थियो।
सडक भत्किएपछि स्थानीयवासीहरूले निर्माणमा प्रयोग भएको सामग्री र प्रविधिप्रति शंका जनाएका छन्। उनीहरूको आरोप छ– “गुणस्तरीय निर्माण नहुँदा सडक दुई महिनामै धरासायी भयो।”
स्थानीयको बिरोधपछि अटल कन्स्ट्रक्सन कम्पनीले क्षतिग्रस्त सडक पुनः निर्माण गर्ने जनाएको हो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *