कलाकार डीसीद्वारा वन कार्यालयका लागि जग्गादान

कलाकार डीसीद्वारा वन कार्यालयका लागि जग्गादान

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ७ का कलाकार तथा समाजसेवी वीरेन्द्र डीसीले बिकट राक्सिराङ गाउँपालिका ५ मा आफ्नो स्वामित्वमा रहेको जग्गा नेपाल सरकारलाई दान गरेका छन्।

सबडिभिजन वन कार्यालय राक्सिराङको कार्यालय भवन निर्माणका लागि २ कट्ठा जग्गादान गरिएको नायक डीसीले बताए। बुबा ज्ञानबहादुर र आमा धनलक्ष्मीको सम्झनामा जग्गादान गरेको हुँ, डीसीले भने। फिल्ममा अभिनयसँगै समाजसेवामा लागिरहेका डीसीले मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिलाई पनि साधारणसभा तथा अधिवेशनका अवसरमा सहयोग गरेका छन्।

राक्सिराध्रमा डीसीले दान गरेको जग्गामा नयाँ भवन निर्माण कार्य शरु गरिएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, सबडिभिजन वन कार्यालय राक्सिराङका प्रमुख दिनेश सत्यालसहित अगुवाले भवन शिलान्यास गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *