कल्कीको अत्यासलाग्दो कहानी: ९ वर्षमै शोषण, बिहेविनै आमा

कल्कीको अत्यासलाग्दो कहानी: ९ वर्षमै शोषण, बिहेविनै आमा

काठमाडौं ।

फ्रेञ्च मूलकी भारतीय अभिनेत्री कल्की कोचलिन बुधबार ४० वर्षकी भएकी छन्। देव डीबाट आप्mनो फिल्मी करियर शुरु गरेकी कल्कीको जीवन भने बाहिरबाट हेर्दा जति सरल देखिन्छ, त्यति नै धेरै उतारचढाव उनले भागेकी छन्।

कल्की आफ्नो विशेष अन्दाजको लागि चर्चित छिन्। आफ्नो दमदार अभिनय र र अफ बिट क्यारेक्टरका कारण उनका फ्यान फ्लोइङ अत्यन्त कमालको छ।

उनी जुन पनि प्रकारको भूमिका निर्वाह गर्छिन्, त्यसलाई यादगार बनाइदिन सिपालु छिन्। तर, कल्कीका लागि व्यक्तिगत जीवन भने सरल भएन, अनेकौं दुःख, कष्ट र जन्जिरले बेरिएको छ उनको जीवन। कल्कि बचपनमै यौन शोषणको शिकार भइन्, बिनाविवाह छोरीकी आमा बनिन्। तर, आज आफ्नै दममा उनले मानिसको दिलमा विशेष स्थायन बनाएकी छन्।

कल्कीले सन् २००९ मा अनुराग कश्यपको निर्देशनमा बनेको फिल्म देव डीबाट फिल्मी करियर शुरु गरेकी थिइन्। उनले पहिलो फिल्मबाटै आफ्नो विशेष प्रकारको अभिनय क्षमताबाट मानिसको ध्यान आफूतर्फ खिचेकी थिइन्।

सँगसँगै सोही फिल्मका लागि उनले फिल्म फेयर अवार्ड चुमिन्। त्यसपछि उनले जिन्दगी ना मिलेगी दोबारा, ए जवानी है दिवानी, जिया और जिया, गली ब्वाईजस्ता फिल्ममा काम गरिन्।

देव डीको सुटिङकै दौरान दौरान उनी अभिनेता तथा निर्देशक अनुराग कश्यपसँग नजिकिइन् २०११ मा उनीहरूबीच विवाह भयो। तर, उनीहरूबीचको दाम्पत्य जीवन लामो हुन सकेन, दुई वर्षपछि नै सम्बन्ध विच्छेद हुन पुग्यो। अनुरागको यो दोस्रो बिहे थियो भने कल्कीको पहिलो ।

कल्की आफ्नो वैवाहिक सम्बन्ध टुटेपछि इजरायली नागरिक हर्सबर्गसँगको सम्बन्धमा छिन्। यो सम्बन्धबाट उनको एक बच्ची पनि छिन्।

एक अन्तर्वार्तामा उनले बताएकी छिन् कि नौ वर्षको उमेरमा उनीमाथि यौन शोषण भएको थियो। उनले यसबारे आफ्ना माता पितालाई समेत जानकारी दिन नसकेको उनले अन्तर्वार्तामा बताएकी छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *