कसरी बनाउने अर्थतन्त्र चलायमान ?

कसरी बनाउने अर्थतन्त्र चलायमान ?

  • सुश्मिता वानिया

काठमाडौं । अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा विचारविमर्श भइरहेका बेला रेमिट्यान्समा वृद्धि हुँदा अर्थतन्त्रका बाह्य सुचकहरु केही सकारात्मक बन्न थालेका छन् । तर, प्रत्यक्ष रुपमा अर्थतन्त्रलाई चलायमान बनाउने आन्तरिक अर्थतन्त्र भने शिथिल नै रहेको छ । यस्तो बेलामा आन्तरिक अर्थतन्त्र कसरी चलायमान बनाउन सकिन्छ त ? के भन्छन विज्ञहरु ?

अघिल्लो वर्ष साउनमा ल्याइएको मौद्रिक नीतिले लिएको कसिलो नीति तथा आयात र महँगीलाई घटाउन बढाइएको ब्याजदरका कारण आन्तरिक र बाह्य अर्थतन्त्र शिथिल बन्न पुगे । तथापी, आयात घटेको र विप्रेषण बढेका कारण बाह्य अर्थतन्त्रमा केही सुधार देखिएको छ । तर वास्तविक क्षेत्र अर्थात आन्तरिक अर्थतन्त्रको हबीगत जस्ताको त्यस्तै छ ।

जसको प्रभाव पूँजीगत खर्चमा पनि देखिएको छ । त्यसैले आन्तरिक अर्थतन्त्र चलायमान बनाउनुका साथै उच्च आर्थिकवृद्धि लागि उत्पादनसँग जोड्नु पर्ने अर्थका जानकारको सुझाव छ ।

पूँजीगत खर्च आवश्यक्ता अनुसारको नगरेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने तथा बजारमा माग नबढ्ने विज्ञहरुको भनाई छ । आन्तरिक अर्थतन्त्र शिथिल हुनुको प्रमख कारण पूर्वधार निर्माणमा खर्च गर्ने नसक्ने तथा ऋण लिएको दायित्व बढ्दै जाने तर त्यसको सदुपयोग गरेर प्रतिफल निकाल्नुपर्नेमा खर्च नै गर्न नसक्नु हो । प्रतिफल दिने योजना अघि सार्नु पर्ने तथा खर्च नीति पुर्नसंरचना गर्नुपर्ने अर्थविद् डा. डिल्लराज खनाल बताउछन् ।

नेपालको अर्थतन्त्र राजस्वमा आधारित भएकाले राजस्व प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने दबाब सरकरलाई छ । तथापी, मौद्रिक नीति खुकुलो पारेर मात्र वित्तिय समस्या समाधान गर्न खोज्नु भनेको अहिलेको अनुकूल नहुने जानकारहरुको बताउँछन् ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *