- तारा आचार्य
विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् र्पूव प्रधानमन्त्री केपी शर्मा ओलीले देशको रक्षाका लागि प्रमुख राजनीतिक दलहरु मिलेर जानुको विकल्प नभएको बताएका छन् ।
शुक्रवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष ओलीले देशरको विकास ,संविधानको रक्षा र कार्यान्वयन , अनियमितता,तस्करी, वेथिति,भ्रष्टचारको नियन्त्रण साथै आर्थिक विकास र सुशासनका लागि प्रमुख जिम्मेवार राजनीतिक शक्तिहरु मिल्नु पर्ने बताए । उनले देशमा भयावह ढगंले भइरहेको तस्करी गम्भिर कुरा भएकाले यस्लाई रोक्नु पर्ने बताए ।
अध्यक्ष ओलीले नेकपा एमालेको ध्यान सरकार गठन विघटनमा नभएको स्पष्ट पारे । उनले राजनीतिक स्थिरता स्थाइत्व,सुशासन, भ्रष्टचार नियन्त्रण,आर्थिक विकाश प्रति ध्यान रहेको बताए । कोशी प्रदेशको सरकारको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष ओलिले कांग्रेस जस्तो पुरानो पार्टीले पनि एकछिनको लागि संविधान मिचेर वल जफति गर्नु लज्जासपद रहेको धारणा राखे । उनले माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर हो अहिले पनि मानेको छैन तर, कांग्रेसजस्तो पुरानो पार्टीले संविधान मिच्नु भनेको संविधानको घोर उल्लङ्घन भएको बताए ।
अध्यक्ष ओलीले कोशी प्रदेसमा गठबन्धनले असंवैधानिक गतिविधि गरेको आरोप समेत लगाए । उनले गठबन्धनको दुरबुद्धी,अलोकतान्त्रीक र असंबैधानिक कृयाकलापको कारणले अस्थिरता आएको बताए । उनले असंवैधानिक कृयाकलापलाई एमालेले बढावा नदिने चेतावनी समेत दिए । उनले अव कोशी प्रदेशमा ५० सिट सहित एमालेले सरकार बनाउने दावी समेत गरे ।
एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने र विद्वैष फैलाउने प्रयास भईरहेको र यसबाट मुलुकलाई अस्थिरता तर्फधकेल्ने कार्य सत्ता गठबन्धनले गरिरहेको आरेप लगाए । अध्यक्ष ओलीले जातिय तथा साम्प्रदायिक बिथोल्ने कार्यलाई तत्काल रोक्न सरकारलाई आग्रह समेत गरे ।