कांग्रेसभित्रको रुपान्तरण अभियानले सक्ला त नेतृत्व परिवर्तन गर्न ?

  • नवराज घिमिरे

काठमाडौं । नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र अहिले रुपान्तरण र शुद्धिकरणको बहस विर्मश चलिरहेको छ । स्वभाविक र संस्थागत रुपबाट हुनुपर्ने बहस तथा छलफल पार्टीभित्रको गुट उपगुटबिचको द्धन्द्धको रुपमा अगाडी बढन थालेको छ । अझ यस्लाई सिधा भाषामा भन्नु पर्दा संस्थापन पक्ष र संस्थापनइतर पक्ष भनेर बुझ्न सजिलो हुन्छ ।

संस्थापन इतरपक्ष शेरबहादुर देउवालाई बिदा गर्नुपर्ने र कांग्रेसमा रुपान्तरणको आभास देशैभरीका कार्यकर्तामा दिलाउन पर्ने अभियान बोकेर हिँडेको छ । संसदीय दलको नेता परिवर्तन गर्नुपर्छ भन्ने लबिङ्मा जुटिरहेका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको हल जोडीको धारमा जगदीश्वर नरसिंह केसी, गुरु घिमिरे मधु आचार्य, भुपेन्द्र जङ्ग शाही र सम्बन्धित जिल्ला सभापतिहरुलगायत नेताहरुले ३६ जिल्ला भन्दा बढी जिल्लाहरुमा रुपान्तरण कार्यक्रमको आयोजना गरिएको छ ।

साथै, कांग्रेसका विभिन्न भातृसस्थाहरुलाई समेत यो अभियानको हेस्सेदार हुन अपिल गरिएको छ । पार्टीप्रति निराशाको घेरा, अलमलमा परेका तल्लो तहका कार्यकर्तालाई जगाउदै छ इतरसमूह । पटक पटक प्रधानमन्त्री भइसकेको ब्यक्ति पुनः प्रधानमन्त्री हुन आवश्यक नरहेको जिकिर इतरसमूहका नेताहरुको रहेको उनीहरुको सार्वजनिक अभिब्यक्तिबाट प्रष्टिन्छ । उनीहरुको चाहना नेतृत्व परिवर्तन नै हो भन्ने कुरा बुझ्न गारो छैन ।

सहि पनि छ । सहि यस अर्थमा छ कि संस्थापन इतरसमूहले नेतृत्वप्रति उठाएका आवाजले अहिलेको तप्काले कांग्रेसको नेतृत्वलाई अगाडी बढाउन सक्दैन भन्ने । जुन आम कार्यकर्ताको बुझाई पनि हो । त्यसैको प्र्तिनिधित्व इतरसमूहले गरेको हो र उनीहरुको तर्क यहिँ छ । ब्यक्ति विशेषसँग नभएर विधि पद्धतिअनुसार पार्टी चलाउन पर्नेमा त्यसो नभएकोले नेतृत्वलाई सच्चिनको लागि पनि भनिरहेका छन् । भोलिका दिनमा ब्यक्तिसँग पनि भिड्न पर्ने हुन सक्छ किनकि रुपान्तरण, शुद्धिकरण गर्दै पुस्तान्तरणसम्मको कुरा उठिरहेको छ । २०७९ सालको संसदीय निर्वाचन देखि अहिलेसम्म पार्टी सञ्चालनको कार्यशैलीले निम्ताएको विधानअनुसार बोलाउनु पर्ने केन्द्रीय समिति बैठक बोलाउन एक वर्ष लाग्यो । तैपनि अझैँ पनि त्यो काम हुन सकेको छैन । समय सीमाभित्र गठन गर्नुपर्ने विभिन्न विभागहरु अहिलेसम्म गठन ह«न सकेका छैनन् । यसै उदारणस्वरुप पनि कांग्रेसभित्र भद्रगोल छ भन्ने प्रष्ट बुझन सकिन्छ । यसको असर पार्टीको तल्लो तहसम्म छताछुल्ल भएको छ ।

आम कार्यकर्ता तथा मतदातामा चरम निराशा र वितृण्ष्ण बढ्दै गएको छ । यो कांग्रेसको लागि भोलि घातक हुन सक्छ । कांग्रेसजस्तो प्रजातान्त्रिक, लोकतान्त्रिक पार्टीभित्र सभापतिले आफ्नो हड नछोडने, अर्को पक्षलाई पेलेरै अघि बढ्ने प्रवृत्तिले पार्टी झन् दिन प्रतिदिन कमजोर बन्दै गइरहेको प्रष्ट नै छ । पार्टीभित्र मौलाउदै गएका यस्तै विकृतिहरुको धरातलमा कांग्रेसभित्र पुस्तान्तरण र रुपान्तरण अनि शुद्धिकरणको बहस उठेको हो । काग्रेसले समयको बहाबलाई बुझेन भने समयसापेक्ष वा आफूलाई परिवर्तन गर्न सकेन भने भविष्यमा नयाँ पार्टीका अगाडि निम्छरो बन्ने खतरा त छँदैछ ।

कांग्रेस लोकतन्त्र, समाजवाद र प्रजातान्त्रिक पद्धतिजस्ता मुख्य सिद्धान्तबाट गणतन्त्रको उदयपछिका दिनहरुमा विमुख बन्दै गइरहेको छ । यहिँकारण सरकारको नेतृत्वमा रहँदा होस् या मिलीजुली सरकारमा समावेश हुँदा होस् देशमा सुशासन दिन सकिरहेको छैन । आफ्नै नेताहरु चरम भ्रष्टचारमा डुब्दा पनि मौनता साँधेर बसेको छ । यस्तैयस्तै कारणले कांग्रेस कमजोर हँुदै गएको छ ।

मतदाता पार्टीप्रति निराश हुँदै बैकल्पिक बाटोहरु खोज्दै हिँडेका छन् । यस्को उदाहरण हो, भर्खंरै खुलेका दलहरुको ससंदमा आफनो हैसियतसहितको उपस्थिति । नयाँ पुस्ताको कांग्रेसले आफ्नो हिजोको विरासत जोगाउन रुपान्तरण र शुद्धिकरणको बहस चलाएको हो भने वास्तवमै काग्रेसमा रुपान्तरण हुन्छ । नत्र पुस्तान्तरण नगरी विश्राम लिनुपर्ने हुन्छ । जुन कांग्रेस कार्यकर्ता तथा मतदाताका लागि परीक्षाको घडी बनेको छ ।

कांग्रेसमा यस्ता विचार बेला बेलामा आउने र सेलाउने गरेका छन् । योपटक भने कति कार्यान्यवन होला त्यो समयलाई नै छाडिदिऊ । पार्टीमा विचार जिवन्त छ । पार्टीभित्र राणकालीन हैकमवाद आज पनि कायमै छ । राणा शाहीहरुको जस्तो हुकुम तामेलीका अवशेष बाँकी छन् । रुपान्तरण यहिँ बिन्दुबाट शुरुवात हुन आवश्यकता छ । रुपान्तरणसँगै उर्जावान गतिशील युवा जोस, जाँगर भएको नेतृत्व आजको कांग्रेसले खोजेको छ ।

कांग्रेसमा राम्ररी रुझेको अनि बुझेको नेतृत्वले मात्र पार्टीलाई गतिशील बनाउन सक्छ । कांग्रेसलाई २०४८ को कांग्रेसमा उभ्याउन सक्छ र आमुल परिवर्तनको एजेण्डा कार्यान्यवन गर्न सक्छ । तबमात्र कांग्रेसको साख जोगिन सक्छ । र, कांग्रेसमा जनविश्वास बढ्छ । कांग्रेसका कार्यकर्ताले कांग्रेसको क्रियाशील सदस्य भएकोमा गर्व गर्न सक्छन् ।

 

 

 

 

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top