काठमाडौंमा व्यापार व्यवसाय गर्नेहरु पलायन हुँदै, सटर जताततै खाली

काठमाडौंमा व्यापार व्यवसाय गर्नेहरु पलायन हुँदै, सटर जताततै खाली

  • सुश्मिता वानिया

काठमाडौँ । बिहानैदेखि राति अबेरसम्म खुल्ने सटरहरु पछिल्लो समय बन्द छन् । बन्द सटरको बाहिरपट्टी लेखिएको हुन्छ, टू लेट । अर्थात सटर खाली छ ढिला नगरौं । यस्तो अवस्था एक्कासी भने आएको होइन् । सबैखाले व्यवसायमा आर्थिक मन्दीसँगै देखिएको समस्या यतिबेला भयावह नै बन्न पुगेको छ । व्यवसाय गरेर खानेहरु पलायन हुने क्रम चलिरहेको छ । यसैबेला, संघीय राजधानी काठमाडौका प्रमुख ठाउँका सटरहरु खाली छन् । के आर्थिक मन्दीको चपेटामा परेकौ हो त संघीय राजधानी काठमाडौं ?

यो दृश्य हो काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो बजार–असनको । बाह्रैमास मानिसहरुलाई हिँड्डुल गर्नसमेत साघुँरो कठिन हुने असन बजार अहिले सुनसान प्रायः छ । चैनको स्वास फेर्नसमेत नभ्याउने असन बजारका व्यवसायीहरु एककट्ठा भएर गफिदै बसेका भेटिन्छन् । यसरी बस्नुको प्रमुख कारणः हो व्यापारमा आएको मन्दीसँगै आर्थिक मन्दी, महँगो ब्याजदर, विलासि वस्तुमा लगाएको कर लगायत भएको यहाँका व्यवसायीहरु सुनाउछन् ।

त्यसो त, सुनसान असन बजारमात्रै छैन् । काठमाडौंको पर्यटकीय हब भनेर चिनिने ठमेल र दरवारमार्गको पनि स्थिती उस्तै छ । ठमेल र दरवारमार्गको गल्लीमा दैनिक सयौंको संख्यामा देखिने विदेशी पर्यटकहरुे फाट्टफुट्ट देखिन्छन् । हाईवेकै अधिंकाश सटरहरुमा ‘टू लेट’ लेखिएको देखिन्छ ।

पछिल्ला केहिदिन यता काठमाडौं महानगरको न्यायीक समितिमा सटर/कोठा खाली गराईदिन तथा भाडा असुली गरिदिन भन्दै लगातार उजुरी परेका समाचार बाहिरिरहेका छन् । तर, तीन दिनदेखि न्यूज २४ टेलिभिजनले सम्पर्क गर्न खोज्दा काठमाडौं महानगरकी उपप्रमुख तथा न्यायिक समिति संयोजक सुनिता डंगोल सम्पर्कमा आउनै चाहिनन् । यसरी व्यवसायीहरु धमाधम पलायन हुँदा सरकारले उनीहरुको उचित व्यवस्थापनमा चासो नदेखाउने हो भने यसले दिर्घकालीन रुपमा असर पुर्याउनेमा कुनै आशंका छैन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *