काठमाडौं गुर्खाजको विजयी यात्रा जारी, लुम्बिनी लायन्स दोस्रोपटक पराजित

काठमाडौं गुर्खाजको विजयी यात्रा जारी, लुम्बिनी लायन्स दोस्रोपटक पराजित

काठमाडौैं गुर्खाज (KG) ले नेपाल प्रिमियर लिग (NPL) मा उत्कृष्ट प्रदर्शन कायम राख्दै लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। जवाफी इन्निङ्समा लुम्बिनी लायन्स १९.१ ओभरमै १३५ रनमा समेटियो।

काठमाडौंका करण केसीले ११ बलमा ३४ रनको विस्फोटक पारी खेले। उनलाई आकास त्रिपाठीले ३२ रन (३६ बल) बनाएर साथ दिए। बलिङतर्फ रोहित पौडेलले २ विकेट लिँदै किफायती प्रदर्शन गरे भने गुलबदीन नाइबले पनि २ विकेट हात पारे।

लुम्बिनी तर्फ शेर मल्लाले १८ बलमा २७ रन र दिलिप नाथले ३३ बलमा २५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। बलिङतर्फ मिलिन्द कुमार (२-१८) र जेरहार्ड एरास्मस (२-२७) को प्रयास पनि निष्फल रह्यो।

यो पराजयसँगै लुम्बिनी लायन्सले तीनमध्ये दुई खेलमा हार बेहोरेको छ। लगातार अस्थिर प्रदर्शनले टोलीको प्लेअफ यात्रा चुनौतीपूर्ण बनेको छ। काठमाडौं गुर्खाजको भने विजयी लयले टिमलाई शीर्ष स्थानतर्फ उभ्याइरहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *