कार्डीद्वारा दर्शकलाई माइक प्रहार

कार्डीद्वारा दर्शकलाई माइक प्रहार

अमेरिकन गायिका तथा र्यापर कार्डी बीमाथि लाइभ कन्सर्टको दौरान बोतल प्रहार भएको छ।

शनिबार कन्सर्टको दौरान आफ्नो हिट गीत बोकाड एल्लो गाइरहेकी उनीमाथि फ्यानको भीडबाट बोतल प्रहार भएको हो। आफूमाथि बोतल प्रहार भएपछि कार्डीले गीत गाइरहेको माइक नै दर्शकतिर प्रहार गरेकी छिन्। दर्शकको व्यवहारले आक्रोशित कार्डीले रिसाउँदै दर्शकमाझ माइकले झटारो हानेकी एजेन्सीले जनाएको छ।

घटनापछि निकै रुष्ट देखिएकी कार्डीलाई उनको टिमले सम्हालेको थियो भने घटनाको केही बेरपछि सामाजिक सञ्जालमा आएको उक्त भिडियो कार्डीले रिट्विट गरेकी थिइन्। यस घटनाको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ। कार्डी बी अमेरिकामा मात्र नभई संसारभरका गीत संगीत प्रेमीबीच लोकप्रिय नाम हुन्। कलाकारमाथि कार्यक्रमको दौरान दुव्र्यहार भएको यो पहिलोपटक भने होइन। यस भन्दा अघि पनि विभिन्न कार्यक्रममा विभिन्न कलाकारमाथि यस्ता घटना हुँदै आएका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *