किसानको तरकारी बजारीकरण गर्न शिवराजमा तरकारी संकलन केन्द्र संचालन ।


असार ३२ कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिमा किसानले उत्पादन गरेको तरकारी बजारीकरण गर्न तरकारी संकलन केन्द्र संचालनमा आएको छ । नगरपालिकाको वडा नं. ३ मा शिवराज कृषि सहकारी संस्थाले संकलन केन्द्र संचालनमा ल्याएको हो ।
शिवराज नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको संकलन केन्द्रको उद्घाटन गर्दै नगर उप प्रमुख शिव कुमारी थारुले किसानले उत्पादन गर्ने तरकारीलाई बजारीकरण गर्न संकलन केन्द्रले सहयोग पुराउने विश्वास व्यक्त गर्नु भयो । नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम संचालनमा ल्याएको भए पनि तरकारी संकलन केन्द्रले किसान प्रत्यक्ष राहत पुग्ने उहाँले बताउनु भयो । तरकारी संकलन केन्द्र स्थापनका लागी ट्रस निर्माणका लागी नगरपालिकाको ५ लाख ८८ हजार र स्थानिय श्रमदान ६५ हजार ३ सय ४४ रुपैया गरी कुल ६ लाख ५३ हजार ३ सय ४४ रुपैया लागतमा निर्माण भएको उपप्रमुख थारुले बताउनु भयो ।
नगरको वडा नं. ३ का सोनबर्षि, मदवा र मैनार बुलाकीलाई नगरले कृषि पकेट क्षेत्रको रुपमा घोषणा गरिसकेकोले तरकारीलाई बजारी करण गर्न संकलन केन्द्रको स्थापना गरिएको वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो । संकलन केन्द्रको संचालनका लागी शिवराज कृषि सहकारीले जिम्मा लिएको उहाँले बताउनु भयो । कृषकको उत्पादनलाई उचित मूल्य संगै तरकारीमा अनुदानका लागी संकलन केन्द्र संचालन भएको उहाँले बताउनु भयो । किसान उतपादन गरेको संकलन केन्द्रमा बेच्ने कुन कृषकले कति तरकारी संकलन केन्द्रमा बेच्यो त्यसको रेर्कड सहकारीले राख्ने र उत्पादनका आधारमा कृषकलाई नगरपालिकाले अनुदान दिने सापकोटाले बताउनु भयो ।
कार्यक्रममा स्थानिय समाजसेवी भेषराज भुसाल देशलाई आत्म निर्भर बनाउन कृषिमा आत्म निर्भरहुनु पर्ने बताउदै, अनुदानका नाममा हुने फर्जि किसानको पहिचान गर्न संकलन केन्द्रलाई सचेत गराउनु भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top