कुटपिट आरोप फोहोरी राजनीतिको उपज र प्रोपोगन्डा हो – अध्यक्ष पुरी

कुटपिट आरोप फोहोरी राजनीतिको उपज र प्रोपोगन्डा हो – अध्यक्ष पुरी

मंसिर २२
विभिन्न मिडियामा प्रकाशित समाचारमा महाराजगन्ज नगरपालिका वडा नं. ११ का अध्यक्ष धर्मेन्द्र कुमार पुरीले २ जनालाई कुटपिट गरेको आरोप लगाइएको थियो ।

सो आरोपपछि समाजिक संजालमा अध्यक्ष पुरीको चर्को आलोचना भएको थियो । त्यसै घटनालाइ मध्यनजर गर्दै सत्यतथ्य के हो भन्ने बारे बुझ्न हमिले अध्यक्ष पुरीलाइ सम्पर्क गरि बुझ्ने प्रयास गर्‍यौ । विभिन्न मिडियामा आएको समाचार बारे पुरीले सो समाचार एकतर्फी , भ्रमपुर्ण र कपोकल्पित रहेको बताएका छन् ।

स्थानीयले बताए अनुसार महराजगन्ज नगरपालिका वडा नं. ११ को बनगाइ गाउँ र महराजगन्ज नगरपालिका वडा नं. १ पचेहरि गाउँको बिचमा रहेको खेतमा काम गर्ने क्रममा बनगाइ का अवधराम पासिका छोरा मिथुन पासि र पचेहरि प्रकाश ठाकुरको छोरा पवन कुमार ठाकुर बिच विवाद भएको थियो ।
पासिले आफ्नो खेतमा गहुँ सिचाइ गर्दा ठाकुरले आफ्नो पराल चोरी गरेको आरोप लगाउदै जथाभावी गाली गलौज गर्दा पासिले गालीगलोज नगर्न भनेपछि विवाद बढदा दुबैपक्ष बिच हात हालाहलको स्थिति उत्पन्न भएको बनगाइ निवासी प्रत्यक्षदर्शि कुसमि पासिले बताउनु भयो ।

गहुँ सिचाइ गर्दा साझ पख चिसोबाट बच्न मिथुन पसिको छोरीले खेतमा रहेको परालमा ब्लन्केट राखेकि थिइन । सोही बलन्केट राखेको स्थान बिर्सिएपछि पासि परिवार परालमा बल्न्केट खोज्न थालेका थिए । त्यतिकैमा पवन कुमार ठाकुर त्यहाँ आइपुगे र पासि परिवारलाइ पराल चोरी गरेको आरोप लगाउदै जथाभावी गाली गलौज गर्न थालेका थिए । गाली गलौज गर्दा विवाद उत्पन्न भएपछि आफ्नो गाउँ नजिकै रहेको फाइदा उठाउदै पचेहरि निवासी ठाकुरले फोन गरि ४-६ मोटरसाइकलमा केटाहरू बोलाइ पासिलाइ कुटपिट गरेका थिए । त्यस लग्त्तै पासिले समेत आफ्नो गाउँमा फोन गरि कुटपिट बारे जानकारी गराए र गाउँ अलिक टाढा भएपनि केहि ब्यक्ति घटना स्थलमा पुगेका थिए ।

घटनास्थलमा दुबै पक्ष बिच केहि बेर चर्काचर्कि भएको र झडप समेत भएको थियो । सो झडपमा बनगाइ निवासी मिथुन पासिको दाहिने हातको पाखुरा बाचिएको छ , पचेहरि निवासी प्रकाश ठाकुरको अँखा नजिक चोट लागेको छ र उनको छोराको निधारमा समान्य चोट लागेको छ ।

यसैगरी तत्काल भरतपुरबाट गाउँ फर्किएका अध्यक्ष पुरीले सो घटना बारे जानकारी पाउनसाथ करिब ७:३० -८ बजे घटनास्थलमा पुगि दुबै पक्षलाइ सम्झाइ बुझाइ गाउँ फर्किएको बताउँछन् । पुरी अनुसार घटनाको आर्को दिन दिउसो महाराजगन्जमा फोहोरी राजनीति गर्ने ब्यक्तिहरुले बैठक बसि आफु विरुद्ध राजनीति द्वेष राखी गलत अफवाह फैलाएका थिए । पुरी संग ति फोहोरी राजनीति गर्ने ब्यक्तिको नाम सोध्दा नाम लिन चाहेनन् । उनले बिगतमा महाराजगन्ज क्षेत्रमा राजनीतिक प्रभाव , गुन्डागर्दी , भ्रष्टाचार गर्दै आइरहेका ब्यक्तिहरुलाइ हालै सम्पन्न दुबै निर्वाचनमा जनताले तिर्सकार गरेपछि आफ्नो हालीमुहाली सिधिएको रिसमा आफु विरुद्ध फोहोरी राजनीति गर्दै पटकपटक विभिन्न प्रपन्च रचने गरेको अध्यक्ष पुरीले बताउनुभयो ।

गाउँघरको समान्य विवादलाइ हल गरि समाजिक सम्रस्ताको माहोल बनाउनुको साटो विपक्षीले फोहोरी राजनीति गरि एक पक्षलाइ आफु विरुद्ध उचालि बदनाम गराउन लागिपरेता पनि यसलाई पुरीले समान्य रुपमा लिएको बताउँछन् । आफु कस्तो ब्यक्ति र जनप्रतिनिधि रहेको सम्पुर्ण महाराजगन्ज बासीलाइ जानकारी रहेको पुरीले बताउनुभयो । उनले ठाकुर समर्थकले आफुलाइ बिनाकारण गालीगलौज गरि कुटपिटको धम्की दिएका थिए र आज यस्तो झुठो आरोप लगाएको बताउँछन् । यस्तै अध्यक्ष पुरीले समाजमा सम्प्रदायिकता फैलाउने , समाजिक सम्रस्ता भाड्ने , झैझगडा गराइ राजनीति गर्ने ब्यक्तिलाइ जनतालाइ चिन्न र सजग रहन आग्रह गरेका छन् ।

घाइते पासिको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भैरहेको छ भने घाइते ठाकुर बाबुछोराको महाराजगन्जमै समान्य उपचार पछि घर फर्किएका थिए। इलाका प्रहरी कार्यालय महाराजगन्जमा दुबै पक्षबाट जाहेरी परेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *