
कपिलवस्तु, असार २१ —
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ११ सरफरका रामनाथ चौधरीको नाममा दर्ता भएको मोटरसाइकल चोरीको घटनामा एक जना पक्राउ परेका छन्।
मिति २०८२ साल असार २० गते साझ अन्दाजी १५:०० बजे कृष्णनगर–सुन्दरीडाँडा (RTO) सडकखण्डस्थित कृष्णनगर नगरपालिका वडा नं. १ मडाहाबाट बजाज डिक्सवर मोटरसाइकल (रङ: निलो, नं.: लु २२ प ७४९७, ईञ्जिन नं.: MD2A57BZ8EWD21697, चेसिस नं.: DAZWED-11257) चोरी भएको थियो।
खोजतलासको क्रममा सोही दिन बेलुका करिब १५:३० बजे मोटरसाइकल भारतको उत्तर प्रदेश राज्य अन्तर्गत खुसीनगर जिल्लाको लाजाबजार खड्डा बस्ने करिब २५ वर्षीय सोनु कुर्मीको साथमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई जिल्ला कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित यात्रु गेट नजिकैबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी हिरासतमा राखिएको जानकारी दिएको छ।
यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।