कृष्णनगरमा उपमेयरमा आरती यादवको चर्चा।


कमलेश चन्द्र गुप्ता
चुनाव नजिकिदै जादा नगर प्रमुखको साथै उपप्रमुख पदको चुनावी परिणामबारे पनि अड्कलबाजी बढ्दो छ । त्यसक्रममा चोकचौराहाका चिया पसलदेखि गाडीघरमा र कृष्णनगरका धनाढ्यका गद्दीसम्म सम्भावित परिणामबारे हिसाबकिताब हुन थालेको छ । अहिले जनता समाजबादी पार्टी का उपमेयर उम्मेदवार आरती सिंह यादवको नाम चर्चामा छ। गत निर्बाचनमा तेस्रो स्थानमा रहेकी यादव अहिले पुनः चुनावी मैदानमा छीन। उनी गत निर्बाचनमा थोरै मतले चुनाव हारेकी कृष्णनगरका समाजसेवी एवम जसपा नेता राम सेवक को पत्नी यादव यो निर्बाचन जनताको मनमा बस्न सफल हुने उनको निकट नेताहरु बताऊछन। कृष्णनगरमा यादव समुदायको साथै अन्य समुदायको भोट आरती सिंह यादवको पक्षमा जाने देखिएको छ। उपमेयरमा एउटी मात्र यादव समुदायको उपमेयर उम्मेदवार आरती सिंह यादव रहेकोले उनको पक्षमा नै जाने अनुमान गरिएको छ। मेयरमा जसपाबाट अकरम पठान को उम्मेदवारीले यादव समुदाय लागयत पिछड़ा बर्ग र मुस्लिम समुदायको भोट पनि यादवको पक्षमा जाने चर्चा चलीरहेको छ।
नेपाली कांग्रेसकी उप मेयर उम्मेदवार आरती देवी चौधरीको पनि कडा कडा प्रतिस्पर्धामा रहेको देखिन्छ । त्यस्तै जनता प्रगतिशील पार्टीका मेयर उम्मेदवार नभए पनि श्याम मिश्र चुनाव जित्ने दौडमा लगेका छ्न । एमालेबाट बिमलेश मौर्या , बसपा बाट जानकी रैदास र नेकपा समाजबादीबाट इन्तखाफ अहमद खान पनि उपमेयर पद जित्ने प्रतिस्पर्धामा बल लगाएका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *